नसोचिने गरी प्याजको भाउ फेरी बढ्यो किलोको यती रूपैयाँ पुग्यो

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ कार्तिक ।

व्यापारीहरुले दशैंको मुखमा फेरी प्याजको मूल्य बढाउन थालेका छन्। यसअघि भारतले भदौ २९ गतेदेखि प्याजको निकासीमा प्रतिबन्ध लगाउँदा पनि व्यापारीहरुले प्याजको मूल्य बढाएका थिए।

त्यसबेला खुद्रा पसलमा प्याजको भाउ प्रतिकिलो २४० रुपैयाँसम्म पुगेको उपभोक्ताहरु बताउँछन्। तर, त्यसयता केही समय मूल्य घटेर प्रतिकिलो १०० को हाराहारीमा आए पनि अहिले चाडपर्वको समयमा फेरी उकालो लाग्न लागेको हो।

यस्तै, व्यापारीहरुले अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म पुर्‍याएका छन्। दशैंको मुखमा बजारमा प्याजको माग धेरै हुन्छ। यही अवसरमा व्यापारीहरुले सदुपयोग गर्दै किलोमै १४० रुपैयाँ लिन थालेका हुन्।

दशैंको मुखमा मुगुमा प्याजको मूल्य आकासियो

मुगु-नेपालीहरूको महान पर्व बडादशैं र तिहार नजिकिँदै गर्दा मुगुमा एक्कासि प्याजको मूल्य आकासिएको छ ।
साउन, भदौ महिनामा मुगु जिल्लाको स्थानीय बजार गमगढी बजारमा प्रतिकेजी प्याज १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म बिक्री भइरहेको प्याज हिजो आए एक्कासि प्रतिकेजीको २ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

मुगु जिल्लामा व्यवसाय रूपमा प्याज खेती गर्ने कृषकहरू नभएको हुँदा असार र साउनमा केही कृषकहरूले थोरै–थोरै उत्पादन गरेका प्याज बजारमा आउँदा बजार मूल्य कम भएको हो । हिजो आज स्थानीयले उत्पादन गरेका प्याज स्थानीय बजारमा अभाव भएको हुँदा ग्रहकको माग बढिरहेकाले जुम्ला, कालिकोट जिल्लाबाट प्याज ल्याउनुपर्ने भएकाले ढुवानी बढी तिनुपर्ने भएकाले हिजो आज बजारमा प्याजको मूल्य बढेर २ सय ५० रुपैयाँसम्म पुगेको गमगढी बजारमा तरकारी पसल गर्ने राष्टराज कार्कीले बताएका छन् ।

जिल्लामा बिभिन्न संघ–संस्था र सरकारी कार्यालयले मुगुका कृषकहरूलाई प्याजलगायत अन्य सिजनल र अफसिजनलमा उत्पादन हुन् तरकारीहरूको उत्पादन गर्नका लागि लाखै रुपैयाँ खर्च गरे पनि सम्बन्धित व्यवसायका रूपमा तरकारी खेती गर्ने कृषकको पहिचाहन नगरी राजनीतिक पहँुचको आधारमा कृषक छनोट गर्ने कृषि क्षेत्रमा लगानि गर्ने भएको हुँदा मुगुमा प्याजलगायत अन्य तरकारीको बजार अभाव हुर्ने गरेका ५ वर्षबाट नियमित रूपमा तरकारी व्यवसाय गर्दै आएका छायानाथ रारा नगरपालिका–५ का बालचन्द्र कार्कीले बताएका छन् ।
यता जिल्ला कृषि विकास कार्यालय मुगुका अनुसार विगतका वर्षहरूभन्दा पछिल्ला वर्षहरूका स्थानीय कृषकहरूले उत्पादन गरेको तरकारी सिजन अनुसारको तरकारी बजारमा पाइरहेको र बिगतका वर्षहरूमा नेपालगन्ज, सुर्खेतबाट ल्याएर हरियो तरकारी र फलफूल बेच्ने गरिन्थ्यो भने पछिल्ला वर्षहरूका हटेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।