राता रात सलमानको फार्महाउस छोडेर किन गइन् ज्याकलिन

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ कार्तिक ।

बलिउडकी चर्चित अभिनेत्री हुन् ज्याकलिन फर्नान्डिस । उनले हालै अभिनेता सलमान खानको फार्महाउस छाडेकी छिन् । उन्ी लकडाउनका कारण केही महिनादेखी सलमानको फार्महाउसमा फसेकी थिइन्् ।

भारतिय मिडियाका अनुसार उनले आफुले फार्महाउस छाडेको बारे सामाजिक सञ्जालमा जानकारी गराएकी हुन् । सलमान खानसँग मिल्ने साथि भएर बसेकी ज्याकलिनले आफु फार्महाउस छाडेर गएको सामाजिक सञ्जालमा एक स्टाटस लेखेर जानकारी गराएकी छिन् ।

फार्महाउसमा रहेका बेला सलमान र उनले बेला बेलामा तस्विर भिडियो सार्वजनिक गर्दै आएका थिए । उनले एक्कासी राता रात सलमानको फार्महाउस छोडेर साथीसँग बस्न गएपछि धेरैलाई चासो बढेको छ ।

अभिनेता वारसीले भने– विजुलीको यस्तै बिल आए अर्काे महिना मिर्गाैला बेच्नुपर्छ

बलिउडमा अहिले अभिनेता तथा अभिनेत्रीहरुको विजुलीको बिललाई लिएर विवाद बढिरहेको छ। केही दिन अघि अभिनेत्री तप्सी पन्नु र हुमा कुरेशीले पनि आफ्नो बिजुलीको बिल बढी आएको भन्दै सामाजिक संजालमा आफ्नो आक्रोश पोखेका थिए। यसैक्रममा बलिउडका अर्का चर्चित अभिनेता अर्शद वारसी पनि यसको शिकार भएका छन्।

सामाजिक संजाल ट्वीटर मार्फत अभिनेता वारसीले विजुलीको बिल एक लाख रुपैयाँ आएको बताएका छन् । अडानी इलेक्ट्रिसिटीले एक लाख भारतीय रुपैयाँको विजुलीको बिल दिएको र यसको चुक्ता गर्न आफूले पेन्टिङ विक्रीमा राखेको उनले जानकारी दिएका छन् । उनले कस्तो पेन्टिङ हो भन्ने केही खुलाएका छैनन् । विजुली बिल बढिआएको उनले व्यंग्यात्मक जवाफ पनि दिएका छन् । यसरी अर्काे महिना पनि विजुलीको बिल बढीमा आएमा तिर्नका लागि आफूले मिर्गाैला बेच्नुपर्ने अभिनेता वारसीको भनाइ छ ।