जब प्रेमीकाले डेटिंगमा आफ्ना २३ जना साथीहरुलाई लिएर आईन्, तब प्रेमीको भयो यस्तो हालत………..

रामेछाप खबर संवाददाता

एजेन्सी ।

एकअर्कालाई माया गर्ने युवायुवतिहरु आपसमा भेट्नकालागी हिजोआज डेटमा जाने गर्छन् । डेटमा विशेषगरी आफ्ना एकले अर्कालाई चिन्ने, जान्ने र बुझ्ने अवसर प्राप्त हुन्छ । त्यसैले डेटलाई खास भेटका रुपमा पनि चिनीन्छ । डेटमा भेट भएर खाने कुराको बिल अहिले पनि प्राय केटाहरुले नै तिर्ने गर्दछन् ।

चीनका एक युवकलाई भने आफ्नी प्रेमिकालाई डेटमा बोलाउँदा बिल तिर्ने क्रममा चर्को मूल्य चुकाउनु परेको छ । ती युवककी प्रेमिकाले आफ्ना २३ जना साथीहरु र आफन्तजनलाई लिएर रेष्टुरेन्टमा आइपुगे पछि युवकको सातो गएको थियो । प्रेमिकालाई यतिधेरै मान्छेहरुसहित आएको देखेर ती युवक मौका हेरी सुइँकुच्चा ठोकेका थिए ।

चीनको झेजियाङ्ग प्रान्तमा सामाजिक सञ्जाल र फोन मार्फत एकअर्काका नजिक आएका जोडीहरु ब्लाइण्ड डेटको योजना बनाए र यसका लागि एक रेष्टुरेन्ट पनि छाने । त्यहाँ उनीहरु दुबैको पहिलो भेट हुन गइरहेको थियो ।

युवक तोकिएको समयभन्दा पहिले रेष्टुरेन्टमा पुगेका थिए र आफ्नी प्रेमिकासँग भेट गर्ने तयारीमा लागे । ती युवककी प्रेमिका डेटमा त आइन् तर एक्लै नभई आफ्ना २३ साथीहरु र आफन्तजनहरुका साथ आइन् ।

शुरुमा त सबै ठीक नै चलिरहेको थियो । उनीहरु एकअर्कासँग भेट गरे र खाना खाए । त्यसपछि जब रेष्टुरेन्टको तर्फबाट युवकलाई बिल थमाइयो तब प्रेमी बिल देखेर अतालिए र मौका हेरी त्यहाँबाट फरार भए । उनले उक्त रेष्टुरेन्टमा ३ लाखभन्दा बढी रुपैयाँको बिलको पैसा तिर्नु थियो । उनी उक्त पैसा तिर्नुभन्दा भाग्नु उचित ठानेर त्यहाँबाट भागेका थिए ।

ती युवतीले पनि उक्त प्रेमीको उदारताको परीक्षण गर्नका लागि ब्लाइण्ड डेटमा आफ्ना २३ साथीहरु र आफन्तजन लिएर आएकी थिइन् । युवक फरार भएपछि युवतीले नै उक्त रेष्टुरेन्टको ३ लाखभन्दा बढी रुपैयाँ तिर्नु परेको थियो । युवतीले ती युवक विरुद्ध प्रहरीमा उजुरी दिएपछि युवकले २ वटा टेबलको बिलको मात्र पैसा तिर्न राजी भए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।