डिजिटल डेब्युका लागि यति धेरै पारिश्रमिक लिँदैछन् कपिल शर्मा

रामेछाप खबर संवाददाता

काठमाडौँ, ५ कात्तिक ।

टिभी शोका चर्चित कमेडियन कपिल शर्माले डिजिटलमा डेब्यूका लागि २० करोड भारतीय रुपैयाँ लिएका छन् ।

कपिल शर्मा अब चाँडै नै वेब सीरिजको साथ ओटीटी प्लेटफर्ममा आफ्नो नयाँ शुरुवात गर्न गईरहेका छन् ।

उनको डेब्यू वेब सीरिजको बारेमा धेरै कुरा बाहिरिसकेको छैन । तर कष्णा अभिषेकले हालै मात्र द किपल शर्मा शोको एक एपिसोडमा कपिल शर्माद्वारा डिजिटल डेब्यू चार्ज भारतीय २० करोड रुपैयाँ लिन लागेको बताएका थिए ।

एजेन्सीको सहयोगमा