अबको ५ वर्षमा संसारका आधा काम मेसिनले गर्ने

रामेछाप खबर संवाददाता

काठमाडौँ, ५ कात्तिक ।

विश्व आर्थिक फोरमको नयाँ रिपोर्ट सार्वजनिक भएको छ। रिपोर्ट अनुसार सन् २०२५ सम्म मेसिनले मान्छेको ठाउँ लिने र उनीहरुको आधा भन्दा बढी काम गर्ने सम्भावना देखिएको छ।

मेसिनले संसारभरका झन्डै ९ करोड ७० लाखलाई नयाँ काम दिलाउने भनिएको छ। तर यो भन्दा धेरै जनसंख्याको रोजगार खतरामा पर्ने अनुमान लगाइएको छ।

अझ विशेषमा प्रशासन र डाटा प्रोसेसिङ जस्ता कामहरु थप खतरामा पर्ने विश्व आर्थिक फोरमको रिपोर्टले बताएको छ।

बिबिसीमा सम्प्रेसित समाचार अनुसार विश्व आर्थिक फोरमले अनुसन्धानका क्रममा संसारका सबैभन्दा ठूला ३ सय कम्पनीहरूलाई आफ्नो उत्तरदाता बनायो। र उनीहरूबीच ८० लाख मानिसलाई रोजगार दिने अथवा भविष्यमा कस्तो कदम लिने भन्ने कम्पनीको धारणा लिइयो।

सर्वेक्षण गरिएका कम्पनीमध्ये ५० प्रतिशत भन्दा बढी रोजगारदाताहरुले आफ्नो कम्पनीमा कामको गति बढाउन मेसिन प्रयोग गर्ने अपेक्षा राखेको देखियो।

त्यस्तै ४३ प्रतिशत कम्पनीका अनुसार मेसिन र प्रविधि विकाससँगै काम सहज र छिटो भए उनीहरुले कर्मचारी कटौती गर्ने सम्भावना देखिएको बताइएको छ।

संसारभर फैलिएको कोरोना भाइरस महामारीसँगै नयाँ प्रविधिहरु भित्रिएका छन्। धेरै कम्पनीले यी प्रविधिमा निर्भर हुन थालेको तथ्यांक फोरमले निकालेको छ। ुयोसँगै श्रम बजारमा विद्यमान असमानताहरु गडिरहेका छन्,ु फोरमका प्रबन्धक निर्देशक सादिया जहिदले भनेका छन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।