लन्च नहुँदै ६ वटा बिक्यो बिएमडब्लुका कार

रामेछाप खबर संवाददाता


लक्जरी कार ‘बिएमडब्लु’ नेपालमा सार्वजनिक नहुँदै ६ वटा विक्री भएको छ।

६ वटै गाडी डेलिभरी समेत भइसकेको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक रुपेश शर्मा भट्टले जानकारी दिए। बिएमडब्लु नेपालमा लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले भित्राएको हो।

त्यस्तै बुकिङको संख्या पनि राम्रो रहेको उनले बताए।

कम्पनीले बिएमडब्लुको शोरुम तिनकुनेमा बनाइरहेको छ। यो ग्रुपले यसअघि नेपालमा हुन्डाइको गाडी पनि बिक्री गर्दै आइरहेको छ।

‘नेबिको’को एकैसाथ दश नयाँ प्रोडक्ट बजारमा

काठमाडौं : नेबिको नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने कम्पनी हो । सन् १९६४ देखि नेपाली बजारमा विक्री वितरण शुरु गरेको कम्पनी आजसम्म पनि उपभोक्ता को मन जित्दै निरन्तर रुपमा बजारको हिस्सा लिन सफल भएको छ । नेबिको भन्ने वित्तिकै बिस्कुट भनेर दिमागमा आए पनि हालसम्म विभिन्न प्रोडक्ट क्याटगोरीमा आफ्नो उत्कृष्ट उत्पादनहरु वजारमा पठाई सकेको छ।

हालसम्म नेबिकोले बिस्कुट, कुकिज र कन्फेक्सनरीजहरु उत्पादन गरी विक्री वितरण गर्दै आएकोमा भोलिको मितिवाट ब्रेकफास्ट सिरिल्स पनि विक्री वितरण गर्ने भएको छ । ब्रेकफास्ट सिरिल्समा र्कनफेल्कस, ओट्स र चोकोज रहेका छन् ।

नेबिको कर्नफेल्कस ३०० ग्राम मा उपलव्ध छ जसको मÒल्य २०० रहेको छ । त्यस्तै गरी नेबिका चोकोज ३५० ग्राम, जसको मुल्य ३०० रुपैयाँ, र नेबिको ओट्स ५०० ग्राम र १ के.जी. को जारमा उपलव्ध ५ जसको मुल्य २०० र ३८० प्रति जार रहेको छ ।

त्यस्तैगरी नेबिकोले प्लेटिनम सिरिजअन्तर्गत अन्तराष्ट्रिय स्तरको पाँच वटा कुकिजहरु पनि बजारमा ल्याएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।