सुनको भाउ बढ्यो, तोलाको कती ?

रामेछाप खबर संवाददाता

काठमाडौं, ३० असोज ।

आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको मुल्य आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार स्थिर रहेको सुनको मुल्य आज भने थोरै बढेको हो । चाँदीको मुल्य आज घटबढ स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एक महिना सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो

असोज महिनामा सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ । महिनाको पहिलो दिन तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन महिनाको अन्तिम दिन शुक्रबार तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गढबढ हुँदै बीचमा सुन तोलाको ९७ हजार २ सय रुपैयाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा अस्थिरता भएको सुनको मूल्य नेपालमा पनि घटबढ भएको महासंघले जनाएको छ ।

यो साताको अन्तिम दिन शुक्रबार आज सुनको मूल्य तोलको ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ । बिहीबार अस्थिर रहेको सुन शुक्रबार चार सय रुपैयाँ बढेको हो ।

असोज महिनाको अन्तिम सातासमेत सुनको मूल्य घटबढ भइरहयो । बुधबार सुन ६ सय रुपैयाँ घटेको थियो भने बिहीबार स्थिर रहयो।

आइतबार आठ सय रुपैयाँ बढेको सुन, सोमबार स्थिर थियो भने मंगलबार पाँच सय रुपैयाँ घटेको थियो ।

यस्तै यो महिना चाँदीको मूल्य तोलामा एक सय २० रुपैयाँ घटेको छ । असोज १ गते तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी महिनाको अन्तिम दिन शुक्रबार तोलाको १२ सय रुपैयाँमा झरेको हो ।

यो साताको अन्तिम दिन चाँदी तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।