काेराेना संक्रमणबाट १० दिनकाे अन्तरमा दाजुभाईको मृत्यु

रामेछाप खबर संवाददाता

काभ्रेपलाञ्चोक, २९ असोज ।

काभ्रेपलाञ्चोक । काभ्रेमा कोरोना संक्रमणबाटै एकैघरका दाजुभाईको मृत्यु भएको छ । जिल्लाको बनेपा नगरपालिका वडा न १३ साँगामा एकै परिवारका दुई सदस्यको १० दिनको फरकमा मृत्यु भएको हो ।

गत असोज १८ गते धुलिखेल अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय भाईको निधन भएको थियो भने बुधबार राती ५० वर्षीय दाजुको पनि धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।

मधुमेह रोगबाट पीडित उनलाई गत भदौ २७ गते धुलिखेल भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार गरिहेका उनको एक महिनापछि मृत्यु भएको थियो ।

बनेपामा अर्का एक संक्रमितको पनि मृत्यु

त्यस्तै बनेपा नगरपालिका वडा न ७ का ७७ वर्षीय जेष्ठ नागरिकको घरमै मृत्यु भएको बनेपा आइसोलेसनका डा. शिशिर बञ्जाराले जानकारी दिए । उनका अनुसार बुधबार संक्रमितलाई डाइलोसिसका लागि धुलिखेल अस्पताल लगिएको थियो । पिसिआर परिक्षण गरी डाइलोसिसका लागि समय दिए पनि उनमा कोरोना देखिएको उनले जानकारी दिए । घरमै निधन भएपछि उनको अन्त्येष्टीको तयारी भइरहेको जनाइएको छ । योसँगै जिल्लामा कोरोनका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।