यी अभिनेत्रीले गराइन् बोल्ड फोटोशूट, मानिसले गरे रमाइला टिप्पणी

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ असोज ।

बलिउड अभिनेत्री अदा शर्माले नयाँ फोटोशूटमा फरक स्टाइल तथा लूक्सको प्रदर्शन गरेकी छन् ।

इन्स्टाग्राम अकाउन्टमा फोटो शेयर गर्दै उनले लहंगा लगाइन् अनि चोलीको ठाउँमा फूल राखिन् । प्रयोगकर्ताहरूले अदाको मजाक उडाए ।

उनले गुलाफी र नीलो रंगको रेशमी लहंगा लगाएकी थिइन् । अनि उनले बोल्ड एक्सपेरिमेन्ट गर्दै चोलीको साटो फूल लगाइन् ।

गहनाको कुरा गर्दा उनले सुन र मोतीका चुरा, औंठी र बाली लगाइन् । कपाललाई उनले खैरो र नीलो रंगमा रंगाइन् । यस लूकमा उनी निकै सुन्दर देखिइन् ।

प्रयोगकर्ताहरूले चाहिँ उनको मजाक उडाउँदै ‘खेतमा उम्रने घाँस लगाएर के हिँडेकी’ भने । अनि केहीले उनलाई गाई र बाख्राबाट जोगिने सल्लाह दिए । ‘फूल ओइलाउने हो कि’, ‘चिलाउला नि’ भन्ने जस्ता कमेन्टहरू पनि आए ।

एजेन्सी
एजेन्सी

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।