कोरोना संक्रमणबाट यस्ता पुरुषहरु मृ’त्यु हुने सम्भावना धेरै

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ असोज ।

अविवाहित पुरुष कोरोना सं’क्रमित भएमा विवाहितको तुलनामा मृ’त्यु हुने सम्भावना धेरै हुन्छ । यो दावी स्विडेनमा भएको एक शोधले गरेको छ । वैज्ञानिकहरुले कयौं अवस्था तथा तथ्यहरु अगाडी सारिसकेका छन्, जसले कोरोना जो’खिम क्षेत्र भित्र पर्छ वा पर्दैन भन्ने बताउँछ ।

शोधकर्ताका अनुसार यदि तपाई पुरुष हो, निम्न आयबर्गको हो, अविवाहित हो र धेरै शिक्षित होइन भने कोरोनाबाट मृ’त्यु हुने ख’तरा धेरै हुन्छ ।

शोध गर्ने स्विडेनको स्टकहोम युनिभर्सिटीका शोधकर्ता स्वेन ड्रेफालका अनुसार यी सबै अवस्थाले कोरोनाबाट मृ’त्यु हुने ख’तरा बढाउँछ । यो अनुसन्धान स्विडेनको नेसनल बोर्ड अफ हेल्थको आंकडाको आधारमा गरिएको हो । आंकडाले कोरोना सं’क्रमणबाट मर्नेहरुमा २० भन्दा अधिक बर्षका पुरुषहरु धेरै रहेको देखाएको छ ।

स्विडेनको यो अनुसन्धानले महिलाको तुलनामा पुरुषमा कोरोनाको ख’तरा दुई गुणा बढी भएको देखाउँछ । तर विवाहित हो भने यो ख’तरा केही कम हुन्छ । जुन महिला र पुरुषको विवाह भएको छैन, उनीहरुलाई ख’तरा डेढ देखि दुईगुनासम्म धेरै रहन्छ । यसअघिको एक अध्ययनले एकल तथा अविवाहित ब्यक्ती कयौं प्रकारको रो’गसँग लडिरहेका हुन्छन्, त्यसैले उनीहरुको मृ’त्यु दर धेरै हुने तथ्य उल्लेख थियो ।

जर्नर नेचर कम्युनिकेसनमा प्रकासित रिसर्चमा शोधकर्ता ड्रेफालले भने – विदेशको तुलनामा जुन ब्यक्ती स्विडेनमा जन्मे, उनीहरुलाई ख’तरा धेरै छ । कोरोनाबाट ख’तराको सम्बन्ध निम्न स्तरको शिक्षा र कम आय बर्गका ब्यक्तीसँग पनि जोडिएको छ । यिनीहरुमा पनि ख’तरा धेरै हुन्छ ।

वैज्ञानिकहरुका अनुसार महिलाका तुलनामा पुरुषको मृ’त्यु धेरै हुन्छ, किनभने उनीहरुको शरीरको बनावट र जीवनशैली फरक हुने गर्छ । कम शिक्षित तथा आय कम हुनुले उनीहरुको लाइफस्टाइल र स्वास्थ्य धेरै विग्रेको हुन्छ । उनीहरुको अवस्था स्वास्थ्यलाई लिएर पटक्कै ध्यान नदिए सरहको हुन्छ, त्यसैले पनि ख’तरा बढेको हुन्छ ।

यस्तै नोबल कोरोना भाइरसको सं’क्रमणबाट सबै लिं’ग र उमेर समूहका आ’क्रान्त छन्। तर पछिल्लो ६ महिनामा विश्वभर यो भाइरसबाट सं’क्रमितहरूको तथ्यांकले सबैभन्दा बढी जो’खिममा पुरुषहरू परेको देखाएको छ। २०१९ डिसेम्बरदेखि म’हामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट करिब ७५ लाख मानिस सं’क्रमित भइसकेका छन्। यीमध्ये ३९ लाख उपचारपछि निको भएका छन् भने चार लाखले जीवन नै गु’माएका छन्। सं’क्रमितमध्ये ८२ प्रतिशत पुरुष छन् भने १८ प्रतिशत मात्रै महिला।

विभिन्न देशको तथ्यांक बेग्लाबेग्लै विश्लेषण गर्दा पनि हरेकजसो देशमा पुरुष नै बढी सं’क्रमित पाइएका छन्। चीनको अस्पतालमा भर्ना गरिएका सं’क्रमितमध्ये ७०.३ प्रतिशत पुरुष छन्। अमेरिकाको न्यूयोर्क शहरका सघन उपचार कक्षमा भर्ना गरिएका संक्रमितमध्ये ६०.७ प्रतिशत पुरुष छन् भने मृत्यु हुनेमा पनि ६७ प्रतिशत पुरुष नै। इटलीकोे लम्बोर्डी सहरमा सघन उपचार कक्षमा भर्ना भएकामध्ये ८२ प्रतिशत पुरुष थिए। त्यस्तै बेलायतमा ६९ प्रतिशत, स्पेनमा ७९ प्रतिशत सं’क्रमित पुरुष छन्। यो लेख तयार पार्दासम्म नेपालमा चार हजार ३६४ मा सं’क्रमण पुष्टि भएको छ जसमध्ये चार हजार ५५ जना ९२.९१ प्रतिशत पुरुष छन्। सं’क्रमित मध्ये ११.९५ प्रतिशत पुरुष सं’क्रमणमुक्त भएका छन्। सं’क्रमितमध्ये २६.९५ प्रतिशत महिला

सं’क्रमणमुक्त भएका छन्। संक्रमणमुक्त भएकाहरूमा महिला पुरुषको अनुपात ७०/३० छ। अर्थात् महिलाहरूभन्दा पुरुषहरू दोब्बरभन्दा बढी सं’क्रमणमुक्त भएका छन्। हुन त नेपालमा महिलाको तुलनामा पुरुषहरू बढी समय घर बाहिर हुने, रोजगारीका लागि विदेश जाने, मद्यपान, धूमपान बढी गर्ने भएकाले उनीहरूमा बढी सं’क्रमण भएको हुनसक्छ। तर, विश्वभरि नै सं’क्रमित हुनेहरूमा महिलाको तुलनामा पुरुषको संख्या निकै नै बढी भएकाले यसको जीववैज्ञानिक कारणहरूको खोजी सुरु भएको छ। यस लेखमा त्यही जीववैज्ञानिक कारणहरूको चर्चा गरिनेछ।

जन्मिने व्यक्ति केटा वा केटी हुने भन्ने निर्धारण आमाको गर्भमा भ्रुण बन्ने पहिलो चरणमै हुन्छ। प्रजनन प्रक्रियामा आमा र बुवाको सेक्स क्रोमोजमको मिलनबाट भ्रुण बन्छ। बुवामा एक्स र वाई सेक्स क्रोमोजम हुन्छ भन्ने आमामा हुने दुवै क्रोमोजोम एक्स नै हुन्छ। बुवाको वाइ र आमाको एक्स क्रोमोजम मिलन भयो भने छोरा जन्मिन्छन्। बुवा र आमा दुवैको एक्स क्रोमोजमहरू मिलेर भ्रुण बन्यो भने छोरी जन्मिन्छन्। त्यसैले जन्मिने सन्तानको लिंग निर्धारणमा आमाको नभई बुवाको क्रोमोजमको भूमिका हुन्छ।

अक्स्फोर्ड विश्वविद्यालयका ‘इम्युनोलोजी’ (प्रतिरक्षप्रणालीशास्त्र) का प्राध्यापक डा फिलिप गोउल्देरका अनुसार महिला र पुरुषको रोगसँग लड्ने क्षमताको भिन्नता यहीँबाट सुरु हुन्छ।

कुनै पनि बाहिरी हानिकारक जीवाणु आउनासाथ त्यसलाई चिनेर प्रतिरोध गर्न आवश्यक एन्टिबडिज निर्माण गर्ने काम प्रतिरक्षा प्रणालीको हो। नोबल कोरोना भाइरसलाई चिन्नसक्ने प्रोटिन एक्स क्रोमोजममा समाहित (इन्कोड) भएको हुन्छ। तर एक्स क्रोमोजम महिलामा दुईवटा हुन्छ भने पुरुषमा एउटा मात्रै। त्यसैले कोरोना संक्रमण रोक्ने क्षमता वा उक्त प्रोटिनले अभिव्यक्त गर्ने प्रतिरोधात्मक क्षमता पुरुषमा स्वतः ५० प्रतिशतले कम हुन्छ। डा। फिलिप गोउल्देर कोरोना भाइरससँग मात्र नभई सबै रोगसँग जुध्ने क्षमता पुरुषमा भन्दा महिलामा बढी हुने विश्वास गर्छन्।

कोरोना भाइरसबाट हुने सं’क्रमणको दर महिला र पुरुषमा फरक गराउने अर्को कारक हो, ‘एन्जिओटेन्सिन कन्भर्टिङ इन्जाइम’। ‘एन्जिओटेन्सिन कन्भर्टिङ इन्जाइम’ (एसीई–२) मानव शरीरमा हुने एक प्रकारको इन्जाइम हो। इन्जाइम शरीरमा हुने रासायनिक प्रतिक्रिया द्रुत गराउने उत्प्रेरक हो। ‘एसीई–२’ शरीरमा रक्तचाप नियन्त्रण, घाउचोट निको पार्ने र तरल पदार्थ नियमन गर्ने ‘रेनिन एन्जिओटेन्सिन अल्डोस्टेरोन प्रणाली’ (आरएएएस)को केन्द्रीय अवयव हो। लियोनार्द स्केग्सले सन् १९५६ मा पत्ता लगाएको यो इन्जाइमले रक्तनलीलाई खुम्चाई अप्रत्यक्षरूपमा रक्तचाप बढाउँछ। त्यसैले एसीई–२ अवरोधक (इन्हिबिटर) अधिकांश मुटु रोगको उपचारमा प्रयोग हुन्छ।

कोरोना भाइरसले मानिसमा सं’क्रमण गर्दा भाइरसको प्रोटिन यही ‘एसीई–२’ इन्जाइममा टाँसिएर शरीरको विभिन्न अंगको कोषमा पुग्छ। जसले गर्दा रगत र रक्तनली हुँदै अक्सिजन लिन जाने क्रममा फोक्सोमा सं’क्रमणको ढोका खोलिदिन्छ। ‘युरोपियन हार्ट जर्नल’मा प्रकाशित लेखअनुसार ‘एसीई–२’ महिलामा भन्दा पुरुषमा धेरै हुन्छ। यो पुरुषको फोक्सो, मुटु, अण्डकोषमा धेरै मात्रामा हुन्छ। एसीई–२ अण्डकोषमा हुने भएरै महिलामा भन्दा पुरुषमा धेरै हुने नेदेरल्यान्ड स्थित ग्रोनिङेन मेडिकल विश्वविद्यालयका डा इजिआह सामाले व्याख्या गरेकी छन्। त्यस्तै ‘जर्नल अफ भाइरोलोजी’मा प्रकाशित डा। होङ पेङ छियाको लेखअनुसार ‘एसीई–२’मा अहिलेको नोबेल कोरोना भाइरसको सतहमा भएको काँडा जस्ता आकारका ‘प्रोटिन स्पाइक्स’सँग जोडिने स्वरूप हुन्छ। यसरी पुरुषको शारीरिक संरचनाले नै कोरोना सं’क्रमणको जोखिम महिलामा भन्दा पुरुषमा बढी गराइदिएको छ।

हालै ‘साइन्स न्युज’मा प्रकाशित लेखअनुसार पुरुषमा कोरोना भाइरस सं’क्रमण तीव्र हुनुमा अर्को कारकलाई पनि जिम्मेवार मानिएको छ। उक्त लेखअनुसार एन्ड्रोजिन हर्मोनले पनि सं’क्रमण बढाउनुमा महत्वपूर्ण भूमिका खेल्छ। एन्ड्रोजिन हर्मोनले पुरुषमा टेस्टोस्टेरोन हर्मोन उत्पादन गर्न र शुक्राणु बनाउन मद्दत गर्छ। त्यही हर्मोनले कोरोना भाइरसलाई पनि कोषभित्र पस्न मद्दत गर्छ। टेस्टोस्टेरोन हर्मोनविना पुरुष प्रजननयोग्य हुन सक्दैन। चीन, स्पेन, इटाली र अमेरिकाको संक्रमणलाई हेर्दा एन्ड्रोजिन हर्मोन र कोरोना भाइरसको सं’क्रमणबीच परस्पर सम्बन्ध रहेको पाइएको छ।

एन्ड्रोजिनल हर्मोनले पुरुषमा मात्र हुने प्रोस्टेट ग्रन्थिमा ‘ट्रान्स्मेम्ब्ररेन प्रोटेयाज सेरिन २ इन्जाइम’लाई नियमन गर्छ। प्रोस्टेट ग्रन्थिले पुरुषलाई पिसाब फेर्न र शुक्राणुलाई जीवितै राख्न मद्दत गर्छ। तसर्थ ‘ट्रान्स्मेम्ब्ररेन प्रोटेयाज सेरिन २ इन्जाइम’ पुरुषमा बढी उत्पादन हुन्छ। ‘सेल जर्नल’मा प्रकाशित मार्कुस होफम्यानको लेखअनुसार कोरोना भाइरसको संक्रमण ‘ट्रान्स्मेम्ब्ररेन प्रोटेयाज सेरिन २ इन्जाइम’को सतहको झिल्लीमा पनि भर पर्छ। यो इन्जाइमको झिल्लीमा भाइरसको काँडाजस्तो प्राटिन संयोजन भई मानव कोषमा रहेको डीएनए भेट्छ। पुरुषलाई यही इन्जाइमका कारण पनि कोरोना भाइरस सं’क्रमणको जोखिम बढी हुन्छ।

इटलीका मोलिकुलर क्यान्सर विशेषज्ञ डा आन्द्रे अलिमोन्तीका अनुसार त्यहाँ गरिएका केही प्रयोगमा एन्ड्रोजिन उत्पादन रोक्ने औषधी प्रयोग गरेका केही पुरुषहरू कोभिड–१९ का कारण अस्पताल जानुपरेको छैन। यसरी प्रोस्टेट सञ्चालन र नियमनमा पुरुषमा पैदा हुने ‘ट्रान्स्मेम्ब्ररेन प्रोटेयाज सेरिन २ इन्जाइम’ले पुरुषमा कोरोना सं’क्रमणको जोखिम बढाएको छ।

यी व्याख्याले बताउने एउटै तथ्य हो, सामाजिक–आर्थिक कारणहरूले मात्र नभई जीववैज्ञानिक कारणले पनि कोरोना भाइरस सं’क्रमणको जोखिममा महिला भन्दा पुरुष बढी छन्।

यस्तै मानिलिउँ, तपाईंको अफिसमा सँगै काम गर्ने साथीलाई कोरोना पोजेटिभ देखियो। तपाईं कुनै न कुनै रूपमा त्यो साथीको सम्पर्कमा आउनुभएको थियो। यस्तो अवस्थामा के तपाईंलाई पनि भाइरस सरेको हुन सक्छ ? कोरोना भएका व्यक्तिसँग कति दिन अगाडि वा कति समयसम्म सम्पर्कमा रहेका व्यक्ति जोखिममा पर्छन् ?

अब मानिलिउँ, तपाईंलाई सं’क्रमणको शंका लाग्यो वा परीक्षण गराउँदा पोजेटिभ नै देखियो। यस्तो अवस्थामा होम आइसोलेसनमै बस्न चाहनुहुन्छ भने तपाईंले के–के कुरामा ध्यान दिनुपर्छ ?

अहिले हामी नि’षेधाज्ञाबीच पनि तरकारी वा अन्य सरसामग्री किन्न बिहान–बेलुकी पसल गइरहेका छौं। यसरी पसल गएर तरकारी, फलफूल वा अन्य खिद्रीमिद्री किन्दा त्यो सामानबाटै कोरोना सर्छ कि सर्दैन ?

कोरोना महामारी बेला यस्ता प्रश्नमा सर्वसाधारणलाई ठूलो चासो छ। सांसद गगन थापाले केही दिनअघि फेसबुक संवादका क्रममा यस्तै प्रश्न सरूवारोग विशेषज्ञ डा अनूप सुवेदीसँग सोधेका थिए। सबभन्दा पहिला सं’क्रमित व्यक्तिसँग कति दिनअगाडि सम्पर्क भएको व्यक्तिले सतर्क हुनुपर्छ भन्ने कुरा गरौं। डा सुवेदीले यसमा दुइटा कुरा औंल्याए।

पहिलो, लक्षण देखिनुभन्दा ४८ घन्टा अगाडिबाट सं’क्रमण सर्ने डर हुन्छ। भन्नुको मतलब, कसैलाई आज लक्षण देखिएको हो भने उसले आजभन्दा ४८ घन्टा अर्थात् दुई दिन अगाडिदेखि अरूलाई भाइरस सार्न सक्छ। दोस्रो, कुनै व्यक्तिमा लक्षण देखिएको छैन तर परीक्षण गर्दा पोजेटिभ आयो भने उसले स्वाब झिक्नुभन्दा ४८ घन्टा अर्थात् दुई दिनअघिबाट सं’क्रमण सार्ने सम्भावना हुन्छ।

‘हामी जनस्वास्थ्यमा यिनै दुइटा आधार मानेर काम गर्छौं,’ डा. सुवेदीले फेसबुक संवादमा भने।

उनले अझ विस्तार लगाए, ‘तपाईंले कुनै साथीलाई एक साताअघि भेट्नुभएको थियो। त्यो साथीलाई हिजोदेखि ज्वरो आउन थाल्यो र आज परीक्षण गर्दा पोजेटिभ देखियो भने तपाईं डराउनुपर्दैन। तर, त्यो साथीलाई दुई दिनअघि मात्र भेटेको हो भने अब तपाईं पनि जोखिममा पर्नुभयो। तपाईंलाई पनि संक्रमण सरेको हुनसक्छ। यस्तो अवस्थामा तपाईंले आफ्नो पनि परीक्षण गराउनुपर्छ।’ यति हुँदाहुँदै त्यो सं’क्रमित साथीलाई परैबाट हाई हेलो गरेको हो भने ड’राउनु पर्दैन।

डा सुवेदीले यसलाई अझ प्रस्ट पार्न अमेरिका, सिंगापुर, कोरिया लगायत देशमा प्रचलित व्यवहारबारे जानकारी दिए। जसअनुसार, तपाईंले संक्रमित व्यक्तिसँग ६ फिट दुरीमा रहेर १५ मिनेट बिताउनुभयो भने तपाईं जोखिममा पर्नुभयो। तपाईंले ३ फिटकै दुरीमा बसेर गफ गर्नुभएको छ, तर ५ मिनेट मात्र बिताउनुभएको छ भने तपाईंलाई जो’खिम कम हुन्छ। ‘अर्को कुरा, तपाईंहरू दुवैले मास्क लगाउनुभएको छ भने जो’खिम अझै कम हुन्छ,’ उनले भने।

उनको यो कुराबाट के थाहा हुन्छ भने, सं’क्रमित व्यक्तिसँग कति दिनअगाडि कति समय बिताएको थियो, कति दुरीमा बसेको थियो, मास्क लगाएको थियो कि थिएन, हात मिलाएको थियो कि थिएन लगायत कुराले जोखिम निर्धारण गर्छ।

‘यसबाट हामीले व्यक्तिगत दुरी कायम राख्नु र मास्क लगाउनु कति जरूरी छ भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘हामी नेपालीहरूले मास्कको सवालमा खरो व्यवहार देखाउनैपर्छ। आफूले जतिसुकै मान्नुपर्ने मान्छे भए पनि तपाईं कृपया मास्क लगाउनुस् अनि मात्र हामी कुरा गरौं भन्न सक्नुपर्छ। कसैले नाकमुनि मास्क लगाएको छ भने उसलाई राम्ररी लगाउनुस् नभए म तपाईंसँग कुरा गर्दिनँ भन्नुपर्छ।’ अब हामी कुरा गरौं, होम आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुराहरूको।

डा सुवेदीका अनुसार आइसोलेसनका दुइटा प्रयोजन छन् — एउटा, आफूलाई सं’क्रमण भएको छ भने लक्षण बढ्दै गएको छ कि छैन भनेर निगरानी गर्ने। अर्को, त्यसले अरू मान्छेलाई सर्ने सम्भावना नहोस् भनेर ख्याल राख्ने। होम आइसोलेसनमा बस्दा यी दुवै कुरामा ध्यान दिनुपर्छ।

आफूलाई सं’क्रमणको लक्षण बढ्दै गएको छ कि छैन भनेर हेर्न नियमित ज्वरो नाप्ने गर्नुपर्छ। सँगसँगै, रगतमा अक्सिजनको मात्रा ठिक छ कि छैन र अरू लक्षणहरू कत्तिको देखिएका छन् भनेर पनि अनुगमन गरिरहनुपर्छ।

अचेल अक्सिजन सहज रूपमा नाप्ने मेसिन औषधि पसलहरूमै किन्न पाइन्छ। यस्तो मेसिन प्रयोग गरेर दिनको दुई–तीनचोटि अक्सिजन नाप्नुपर्ने उनी सुझाउँछ। ‘रगतमा अक्सिजनको मात्रा ९४ वा त्योभन्दा माथि छ भने हामी नर्मल भन्छौं। ९३ वा त्योभन्दा कम आए अक्सिजन कम भयो भनिन्छ,’ उनले भने। कोभिड र अरू रोगमा अक्सिजन घट्दा देखिने लक्षण पनि फरक भएको उनले बताए।

‘अरू रोगमा सास फेर्न गाह्रो हुँदै गएपछि अक्सिजन घटेको थाहा हुन्छ। कोभिडमा भने तपाईंलाई सास फेर्न गाह्रो भइसकेको हुँदैन, तर अक्सिजन कम भइसकेको हुन सक्छ। यसमा अक्सिजन निकै कम भइसकेपछि मात्र लक्षण देखिन सक्छ। यस्तो बेला अस्पताल जाँदा ढिलो हुन सक्छ,’ उनले भने। होम आइसोलेसनमा बस्दा कोठा कस्तो छ भन्ने पनि महत्वपूर्ण हुन्छ।

सं’क्रमणको शंका भएका वा लक्षण देखिएका बिरामी होम आइसोलेसनमा बस्ने हो भने एक्लै कोठामा बस्ने सुविधा हुनुपर्छ। त्यो कोठामा अरू मान्छे आउन नपर्ने व्यवस्था हुनुपर्छ। कोठामा राम्ररी हावा खेल्न सक्ने गरी झ्याल हुनुपर्छ।

‘त्यो कोठा अर्को मान्छेले प्रयोग गर्नु हुँदैन। कुनै कारणले त्यहाँ छिर्नुपर्यो भने एकदमै थोरै समय बस्नुपर्छ र दुवैले मास्क लगाउनुपर्छ,’ उनले भने। शौचालय, बाथरुम र हातमुख धुने ठाउँ पनि कोठाभित्रै हुनुपर्ने र एक्लैले प्रयोग गर्नुपर्ने उनले बताए।

‘सबैकहाँ यस्तो सुविधा नहुन सक्छ। शौचालय, बाथरुम अरू मान्छेले पनि प्रयोग गर्नुपर्यो भने विशेष हो’सियारी अपनाउनुपर्छ। मास्क लगाएर मात्र जानुपर्छ। सरसफाइमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘अहिले बजारमा डिस्इन्फेक्टेन्ट झोलहरू पाइन्छन्। सं’क्रमित वा सं’क्रमणको शं’का भएका व्यक्तिले शौचालय वा बाथरुम प्रयोग गरिसकेपछि धाराहरू डिस्इन्फेक्ट गर्नुपर्छ।’

उनले यो पनि भने, ‘नेपालीका लागि होम आइसोलेसन जटिल छ। जसको घरमा एउटा मात्र शौचालय–बाथरुम छ र सबैले त्यही प्रयोग गर्नुपर्छ भने उनीहरूका लागि होम आइसोलेसनमा बस्न सजिलो छैन।’

यति मात्र होइन, होम आइसोलेसनमा बस्दा अस्पताल नजिक छ कि छैन भन्ने पनि ख्याल राख्नुपर्छ। बिरामीलाई अक्सिजन कम हुनेबित्तिकै बढीमा आधा घन्टाभित्र अस्पताल पुगिसक्नुपर्छ। त्यसैले, अस्पताल टाढा भएका घरमा होम आइसोलेसनमा बस्नु राम्रो विकल्प नभएको उनी बताउँछन्। दुर्गम हिमाली वा पहाडी भेगमा पनि अस्पताल टाढा हुने हुँदा होम आइसोलेसनमा नबस्न उनी सुझाउँछन्।

सामुदायिक आइसोलेसनमा बस्दा वा व्यक्ति आफैं कुनै होटलमा गएर आइसोलेसन बस्दा पनि यी कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ।

उनले यति जानकारी दिएपछि सांसद थापाले सोधे, ‘मलाई लक्षण देखिएको छैन तर परीक्षण गराउँदा पोजेटिभ आयो भने के गर्ने ? तत्काल अस्पताल गइहाल्ने हो कि ?’

जवाफमा डा सुवेदीले भने, ‘परीक्षण पोजेटिभ आयो भने माथि भनेजस्तै आफ्नो स्वास्थ्य अवस्थामा ध्यान दिनुपर्यो। ज्वरो आएको छ कि छैन, अक्सिजन कम भएको छ कि छैन र अरू लक्षणहरू देखिएका छन् कि छैनन् भनेर आफूले आफैंलाई नियमित अनुगमन गर्नुपर्यो। अक्सिजन कम भयो वा ज्वरो धेरै आउन थाल्यो भने अस्पताल गइहाल्नुपर्यो।’

‘यस्तो अवस्थामा व्यक्तिले आफ्नो मात्र ख्याल राखेर भएन, आफूबाट अरूलाई सं’क्रमण नसरोस् भनेर पनि उत्तिकै सतर्क हुनुपर्यो,’ उनले भने, ‘होम आइसोलेसनमा बस्न माथि भनेजस्तै सुविधाहरू छन् कि छैनन् विचार गर्नुपर्छ। छ भने घरमै बसे हुन्छ। नभए सरकारले भनेको ठाउँमा वा आफैंले व्यवस्था गरेर छुट्टै ठाउँमा आइसोलेसनमा बस्नुपर्छ।’

धेरै मान्छे कोरोना परीक्षण गराउँदा पोजेटिभ आयो भने मात्र सतर्क हुन्छन्। डा सुवेदी भने स्वाब परीक्षण गर्न दिएपछि नै सतर्कता अपनाउनुपर्ने बताउँछन्।

‘कोही मान्छे परीक्षण गर्न जानु भनेकै कुनै कारणले आफू संक्रमित भएको डर लागेर हो। यस्तोमा नतिजा पर्खने सवालै आउँदैन। स्वाब दिन गएपछि नै ऊ अरूबाट पन्छिएर बस्नुपर्छ,’ उनले भने। अब हामी तेस्रो विषयमा कुरा गरौं – तरकारी, फलफूल वा अन्य खिद्रीमिद्री किन्दा त्यो सामानबाटै कोरोना सर्छ कि सँदैन ?

यसमा डा सुवेदी भन्छन्, ‘सामानबाट सिधै कोरोना सर्ने होइन। किन्ने वा बेच्ने व्यक्तिले मास्क लगाएको छैन र दुईमध्ये एक जना सं’क्रमित छ भने उनीहरूले सास फेर्दा हावाबाट सर्ने हो।’ उनका अनुसार ९५ प्रतिशत मान्छेलाई हावाबाटै सं’क्रमण भएको छ।

‘हामीले किन्ने सामानमा सं’क्रमित व्यक्तिको सासको छिटा परेको छ र त्यो सामान हामीले छोएर त्यही हातले नाकमुख छुँदा पनि को’रोना सर्न सक्छ। तर यसरी सर्ने सम्भावना एकदमै कम हुन्छ,’ उनले भने। यस्तो खालको सं’क्रमणबाट बच्न किनमेलमा जाँदा मास्क लगाएर मात्र जाने गर्नुपर्छ। बिक्रेतालाई पनि राम्ररी मास्क लगाउन लगाउनुपर्छ।

‘पसलबाट किनेर ल्याएको तरकारी, फलफूल पखाल्दा वा काट्दा नाकमुख छुनु हुँदैन। पखालेपछि वा काटेपछि हात राम्ररी धुनुपर्छ,’ उनले भने, ‘पकाउने बेला त तातोले भाइरस मरिहाल्छ।’

डा सुवेदीले कोरोना सं’क्रमणबाट बच्न जापानको अनुभवले तयार पारेको एउटा फर्मुलाको पनि चर्चा गरे। त्यो फर्मुला हो– थ्रीसी।

पहिलो– भीडभाडबाट टाढै बस्ने (क्राउड)। जति धेरै भीडभाड भयो, सं’क्रमण फैलिने डर उति बढी हुन्छ।

दोस्रो– बन्द कोठामा नजाने (कन्फाइन)। हावा खेल्ने सुविधा नभएको बन्द कोठामा मान्छेले सास फेर्दा त्यसका छिटा हावामा धेरै समय तैरिरहन्छन्। यसले सं’क्रमणको जोखिम बढी हुन्छ। तेस्रो– नजिक–नजिक नबस्ने (क्लोज कन्ट्याक्ट)।

‘हामीकहाँ सबभन्दा बढी संक्रमण सर्ने भनेको मान्छेहरू नजिक–नजिक बसेर हो। अरू बेला मास्क लगाउनेहरू पनि सँगै बसेर चिया पिउँदा मास्क खोल्छन्। त्यस्तो बेला भाइरस सर्ने जोखिम बढी हुन्छ,’ उनले भने।

‘हामीले अहिलेसम्म खोक्दा वा हाच्छिउँ गर्दा भाइरसका कणहरू निस्कन्छन् भन्ने सुनेका छौं। तर, ठूल्ठूलो स्वरले बोल्दा पनि भाइरसका कणहरू निस्कन्छन्। त्यसैले, जतिसक्दो अरूसँग दुरी राख्नुपर्छ। सँगै बसेर खाजा खान हुँदैन,’ उनले भने।

यस्तै कोरोना सं’क्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने सायद अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ। सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो।

सुरूका दिनमा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछिल्लो समय भने त्यो मास्क कोरोना सं’क्रमण रोक्न भरपर्दो मानिएन। त्यसले मास्क लगाउने व्यक्ति सुरक्षित रहे पनि ऊ सं’क्रमित छ भने अरूलाई सुरक्षा नगर्ने कुरा सार्वजनिक भयो। कतिपय व्यक्तिले भित्र सर्जिकल मास्क लगाएर बाहिर एन–९५ लगाएको पनि देखियो।

हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने चलन पनि छ। के यस्तो गर्नु राम्रो हो ?

यति मात्र होइन, कपडाको मास्क लगाउनु ठिक हो कि होइन र आफूलाई संक्रमण नभए पनि मास्क लगाएर हिँड्न किन जरुरी छ भन्ने अन्यौल पनि हामीकहाँ उत्तिकै छ ? यिनै प्रश्न र जिज्ञासाबारे सरुवारोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले केही दिनअघि सांसद गगन थापासँगको फेसबुक संवादमा जवाफ दिएका छन्। सबभन्दा पहिला एन–९५ मास्कको कुरा गरौं।

डा सुवेदीका अनुसार भल्भ भएको एन–९५ मास्कले बाहिरबाट भित्र जाने हावा त रोक्छ, तर भित्रबाट बाहिर आउने हावा रोक्दैन।

‘हामीले सास फेर्दा, खोक्दा वा हाच्छियूँ गर्दा थुकको छिटा बाहिर नजाओस् भनेर मास्क लगाउने हो। तर, भल्भ भएको एन–९५ मास्कले त्यस्तो छिटा बाहिर जानबाट रोक्दैन। यसले बाहिरको छिटा भित्र प्रवेश गर्न भने दिँदैन,’ उनले पूर्व स्वास्थ्यमन्त्री थापासँगको कुराकानीमा भने।

कोरोना महामारी नियन्त्रण गर्न आफू मात्र होइन, अरूलाई पनि सं’क्रमणबाट जोगाउनुपर्ने हुँदा यस्तो मास्क लगाउनु ‘सामाजिक रूपमा अनुत्तरदायी व्यवहार’ भएको डा सुवेदीले बताए।

‘कतिपय मान्छेले एन–९५ भित्र छुट्टै सर्जिकल मास्क पनि लगाउन थाल्नुभएको छ। तर, सर्जिकल मास्क लगाएपछि अर्को लगाउनुपर्दैन,’ उनले भने, ‘मास्क लगाउँदा कत्तिको टाइट फिटिङ छ भनेर पनि ध्यान दिनुपर्छ। माथि, तल वा छेउछाउबाट हावा छिर्ने गरी खुकुलो छ भने त्यसले सं’क्रमणबाट बचाउन सक्दैन।’ यस्तो अवस्थामा कपडा राखेर, टेप लगाएर वा अन्य तरिकाबाट मास्कलाई टाइट फिटिङ गराउनुपर्ने उनले सुझाए।

‘मास्क धोएर फेरि–फेरि प्रयोग गर्न मिल्छ कि मिल्दैन ?’ सांसद थापाको यो प्रश्नमा डा सुवेदीले प्रस्टसँग भने, ‘एन–९५ र सर्जिकल मास्क धुन मिल्दैन।’

उनले अगाडि भने, ‘यस्तो मास्क धोएपछि त्यसको छिद्रहरूमा रहेको कपडा बिग्रन्छ। भाइरस सजिलै छिर्न सक्छ।’

धुन नमिल्ने भए के आज लगाएको मास्क भोलि पनि लगाउन मिल्छ त ?

त्यो पनि मिल्दैन। यस्तो महामारीको समयमा मास्क लगाएर हिँड्दा त्यसको बाहिरी पत्रमा संक्रमित व्यक्तिको थुकको छिटा परेको छ भन्ने हामीले सोच्नुपर्छ। त्यहाँ कोरोना भाइरस हुन सक्छ भन्ने हामीले ख्याल राख्नुपर्छ।

त्यसैले त्यो मास्क भोलिपल्ट फेरि प्रयोग गर्नु त परको कुरा, त्यसको बाहिरी पत्र हातले छुन पनि हुँदैन। कसैगरी छोइहाल्यो भने हात साबुनपानीले धुनुपर्छ वा स्यानिटाइजर लगाइहाल्नुपर्छ।

धुन पनि नमिल्ने, भोलिपल्ट फेरि लगाउन पनि नमिल्ने भए के अब हरेक दिन नयाँ मास्क किनेर लगाउनु ? त्यो त कसरी साध्धे होला र ?

यसमा डा सुवेदीको जवाफ छ, ‘धुन नमिले पनि मास्क पुनः प्रयोग गर्ने तरिका छ। हामी स्वास्थ्यकर्मीहरू आज एउटा मास्क लगाउँछौं। त्यसलाई खोलेर कोठामा अलक्क कतै झुन्ड्याएर राख्छौं। भोलि फेरि अर्को लगाउँछौं। त्यसलाई पनि उसैगरी झुन्ड्याएर राख्छौं। यसरी चार दिनसम्म हामी चारवटा छुट्टाछुट्टै मास्क लगाउँछौं।’

उनले अगाडि भने, ‘पाँचौं दिनमा म पहिलो दिन लगाएको मास्क लगाउँछु। यसको कारण के भने, पहिलो दिन लगाएको मास्कको बाहिरी पत्रमा भाइरस परेको छ भने पनि त्यो ७२ देखि ९६ घन्टासम्म मरिसकेको हुन्छ। पहिलो दिन लगाएको मास्क चार दिनपछि फेरि लगाउँदा सुरक्षित हुन्छ। र, यसरी हामी मास्क नधोइकन पनि पुनः प्रयोग गर्न सक्छौं।’

यसबीच मास्क च्यात्तियो, प्वाल पर्यो वा मैलियो भने त्यसलाई सिलाउने वा टाल्ने होइन, बरू फेरिहाल्नुपर्छ। सिलाएको, टालेको मास्कले पनि हामीलाई भाइरसबाट जोगाउँदैन। सँगसँगै, आफूले खोक्दा वा हाच्छिउँ गर्दा थुकका छिटाले मास्कको भित्री भाग भिजेको छ भने पनि अर्को फेरिहाल्नुपर्ने उनी बताउँछन्।

पछिल्लो समय विदेशतिर र नेपालमा पनि कपडाको मास्क सिलाएर लगाउने चलन बढेको छ। केही नेपाली व्यवसायीले पनि कपडाको मास्क बनाएर बेच्न थालेका छन्। मास्क बनाउँदा दुई खालका कपडा प्रयोग गर्नुपर्छ। कटन र फलाटिनका कपडा बढी प्रचलित छन्। यसरी दुई किसिमका कपडाको पत्र राखेर बनाइएको मास्क सुरक्षित हुने डा सुवेदीले जानकारी दिए।

‘कपडाको मास्क धुन मिल्छ। धुँदा त्यसको फेब्रिक बिग्रँदैन,’ उनले भने, ‘मास्कमा दुई किसिमका कपडाको पत्र प्रयोग भएको छ भने त्यसले एक किसिमको बिजुलीको तरंग पैदा गर्छ। त्यस्तो मास्कको बीचको तहमा बिजुली हुन्छ, जसले भाइरस छिर्न दिँदैन। यस्तो मास्क एन–९५ जत्तिकै प्रभावकारी हुन्छ।’

मान्छेले आफूलाई लक्षण नदेखिएको भए पनि मास्क लगाउन किन जरूरी छ भनेर उनले चर्चा गरेका छन्। श्वासप्रश्वासका क्रममा मान्छेको नाक–मुखबाट निस्कने थुकका छिटाहरूबाटै यो भाइरस सर्ने हुँदा मास्क लगाउनु जरुरी भएको उनी बताउँछन्।

उनका अनुसार, अर्को मान्छेले खोकेको वा बोलेको बेला मुखबाट निस्कने छिटाबाट जोगिन मात्र मास्क लगाउने होइन। त्यसो गर्दा थोरै मान्छेले मात्र मास्क लगाउँछन्।

‘यसरी थोरै मान्छेले मात्र लगाउँदा संक्रमणको लक्षण नभएका मान्छे मास्क नलगाई हिँड्छन्। लक्षण नभएका मान्छेलाई आफू सं’क्रमित भएको थाहा हुँदैन। उसले सास फेर्दा निस्कने छिटाबाट अरूलाई रोग सर्छ। त्यसैले, मास्क सबैले लगाउनुपर्छ। आफूलाई सं’क्रमणको कुनै लक्षण छैन भने पनि मास्क लगाएर हिँड्ने बानीले यो रोग सर्न पाउँदैन,’ उनले भने।

सबैले सर्जिकल मास्क, एन–९५ मास्क वा दुई–तीन तहको कपडाको मास्क लगाएर हिँड्यौं र सही ढंगले लगायौं भने कोरोना भाइरसको महामारी आफैं नियन्त्रण हुने विभिन्न अध्ययनले देखाएको उनले जानकारी दिए। यसको व्यवहारिक प्रयोग जापानको अनुभवले देखाएको उनले उदाहरण दिए।

‘जापानको जनसंख्यामा वृद्धहरूको अनुपात बढी छ। तै पनि त्यहाँ लकडाउन गरिएन। अरू देशको तुलनामा त्यहाँ मृ’त्युदर र सं’क्रमण दर पनि कम छ। जापानमा सबैले मास्क लगाएर हिँड्नु नै यसको एउटा मुख्य कारण हो,’ उनले भने।

उनले अगाडि भने, ‘मास्क लगाउनु भनेको आफू जोगिन मात्र होइन, अरूलाई जोगाउन पनि हो। आफूलाई खोकी लागिरहेको छ वा कुनै किसिमको रोग छ, तर मास्क लगाएको छैन भने अरूको निम्ति अभद्र वा गैरजिम्मेवार व्यवहार गरेको ठानिन्छ। यो जापानको सामाजिक मान्यता नै हो। यसले जापानमा लक्षण नभएका मान्छेबाट रोग सर्न पाउँदैन। त्यसले समुदायमा संक्रमण एकदमै नियन्त्रणमा छ।’

डा सुवेदीको कुरा सुनेर तपाईंले पनि मास्क लगाउने तरिका थाहा पाउनुभयो होला ? कतै तपाईंहरू पनि सर्जिकल मास्क वा एन–९५ मास्क धोएर त लाइरहनुभएको थिएन ? वा, हरेक दिन एउटै मास्क लगाइरहनुभएको थियो किरु त्यसो गर्नुभएको थियो भने डा सुवेदीको सुझाव अमल गर्नुस् है।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।