सनराइज बैंकले सनराइज स्माट एप प्रयोग गर्ने ग्राहकलाई बस र हवाई टिकटमा छुट दिने

रामेछाप खबर संवाददाता

काठमाडौं, २७ असोज ।

काठमाडौँ-सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा छुट पाउने भएका छन्।

बैंकका ग्राहकहरुले ‘सनराइज स्माट एप’प्रयोग गरी बस वा हवाई टिकट खरिदमा प्रथम दुई पटकको कारोबारमा बसको टिकटमा दुई सय र हवाई टिकटमा तीन सयका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको हो।

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’अभियानलाई आत्मासाथ गर्दै बैंकले चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको हो।

बैंकले उक्त योजना असोज २५देखि कार्तिक ११ सम्मका लागि उक्त योजना ल्याएको हो।

कोभिड १९ ले धेरै क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ ।