यी हुन् रेड्मीका ३० देखि ४० हजार मूल्यमै पाइने फोन

रामेछाप खबर संवाददाता

काठमाडौं, २७ असोज ।

शाओमी नेपालले विभिन्न सिरिजका फोन नेपाली बजारमा भित्र्याएको छ। त्यो मध्ये एक हो रेड्मी नाेट सिरिज। यो सिरिजका फोनमा कम्पनीले महँगा फोनमा हुने फिचर समावेश गरेको बताएको छ।

रेड्मीका ३० हजारदेखि ४० हजार सम्मका फोनहरूको बारेमा यहाँ उल्लेख गरिएको छ।

रेड्मी नोट८ प्रो

यो फोनको डिस्प्ले ६.५३ इञ्च रहेको छ। पछाडि चार वटा क्यामेरा जडान गरिएको छ। जसमा ६४ मेगापिक्सेलको वाइड, ८ मेगापिक्सेलको अल्ट्रा वाइड, २ मेगापिक्सेल म्याक्रो र २ मेगापिक्सेको डेप्थ क्यामेरा रहको छ। त्यस्तै, २० मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ।

४५ सय एमएएच ब्याट्री क्षमता भएको यो फोनमा १८ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। उक्त स्मार्टफोन मूल्य ३२ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।

रेड्मी नोट९ प्रो म्याक्स

यो फोनको डिस्प्ले ६.६७ इञ्च रहेको छ। पछाडि चार वटा क्यामेरा जडान गरिएको छ। जसमा ६४ मेगापिक्सेलको वाइड, ८ मेगापिक्सेलको अल्ट्रा वाइड, ५ मेगापिक्सेल म्याक्रो र २ मेगापिक्सेको डेप्थ क्यामेरा रहको छ। त्यस्तै, ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ।

५ सय २० एमएएच ब्याट्री क्षमता भएको यो फोनमा ३३ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। उक्त स्मार्टफोन ग्राहकले दुईवटा भेरियन्टमा किन्न पाउँछन्। जसको मूल्य क्रमशः ३१ हजार ९ सय ९९ र ३४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।