आज सार्वजनिक हुँदै ‘आइफोन-१२’

रामेछाप खबर संवाददाता

काठमाडौं, २७ असोज ।

अमेरिकी मल्टिनेसनल टेक्नोलोजी कम्पनी एप्पलले आइफोन सिरिजका नयाँ मोबाइल आज सार्वजनिक गर्दैछ।

मोबाइलको दुनियाँमा ‘रिभोलुसन’ ल्याएको एप्पलले अब आउने मोबाइलले आइफोनको लिस्टमा ठूलो परिवर्तन आउने वाचा गरिसकेको छ।

एप्पलको नयाँ फोन ‘आइफोन-१२ सिरिज’ हुने आशा गरिएको छ। यसमा नयाँ डिजाइनका साथै फाइभजी कनेक्टिभिटी, एप्पलको प्रत्याशित ए-फाेर बायोनिक प्रोसेसर, लिडार क्यामेरा हुनेछन्।

त्यस्तै १२० हर्ज डिस्प्ले हुने चर्चा चलिरहेका छन्। तर, कोरोना भाइरसको महामारीका कारण एप्पलको आइफोन-१२ सधैँ नयाँ डिभाइस सार्वजनिक हुने सेप्टेम्बरबाट पछाडि सरेको थियो।

आज सार्वजनिक हुने सम्भावित डिभाइस र मूल्य

– मोडलहरू: आइफोन १२ वा आइफोन १२ मिनी (५.४ इन्च)को सम्भावित मूल्य ६४९ अमेरिकी डलर, आइफोन १२ म्याक्स (६.१ इन्च) को सम्भावित मूल्य ७४९ अमेरिकी डलर, आइफोन १२ प्रो (६.१ इन्च)को सम्भावित मूल्य ९९९ अमेरिकी डलर , आइफोन १२ प्रो म्याक्स (६.७ इन्च) को सम्भावित १,०९९ अमेरिकी डलर।

सबै भेरियन्टमा ओएलईडी स्क्रिन हुने अनुमान गरिएको छ।