“सुपर बाइकको शान बढाउँदै होण्डा सिबिआर ६०० आर आर”

रामेछाप खबर संवाददाता

काठमाडौँ, २५ असोज ।

नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लिले होण्डा सिबिआर ६०० आर आरलाई नेपाली बजारमा भित्र्याएको छ । स्पोर्टस् बाइक उत्साहीहरुको लागि उपयुक्त यस बाइकको लुक्स् र फिचरहरुले सबैलाई पक्कै पनि आकषर््िात गर्नेछ ।

४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको यस सिबिआर ६०० आर आरमा ५९९ सिसिको इञ्जिन क्षमता रहेको छ । ६६ एनएमटर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १०० कि.मि प्रति घण्टा पुग्नलाई मात्र ३.१ सेकेण्ड लाग्ने छ ।

६ स्पिड गेयरबक्स गरेको यस बाइकको टप स्पिड २५० कि.मि. प्रतिघण्टा रहेको छ । सुपर बाइकहरुको भिड एक भिन्न पहिचान बोकेको यस बाइकको मूल्य रु. ३४ लाख ५०,००० निर्धारण गरिएको छ ।