५ वटा सुटकेसमा ३० करोड बो’केर दु’बई उ’ड्न लागेकी २० वर्षकी युवती विमानस्थलबाट प’क्रा’उ

रामेछाप खबर संवाददाता

काठमाडौं।

५ वटा सुटकेसमा ठूलो रकम नगद राखेर दुबई उड्न लागेकी एक युवती बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा पक्राउ परेकी छिन्।
ती बेलायती युवतीले ५ वटा सुटकेसमा २ मिलियन ब्रिटिस पाउण्ड (३० करोड नेपाली रुपैयाँ) राखेर लण्डनको हिथ्रो विमानस्थलबाट दुबइ उड्ने प्रयास गरेकी थिइन्। २० वर्षकी तारा हान्लोनलाई हिथ्रोमा बोर्डर फोर्सका अधिकारीहरुले प’क्राउ गरेको द सनको समाचारमा जनाइएको छ।

सुरक्षाकर्मीले उनका लगेजभित्र ठूलो परिमाणमा नगद फेला पारेका छन्। यो यस वर्ष यसरी पक्राउ गरिएको सबेभन्दा ठूलो रकम हो। हान्लोनलाई मनी लण्ड्रिङको अभियोगमा मुद्दा चलाइएको छ।
उनलाई अक्सब्रिज मजिस्ट्रेटको अगाडि उपस्थित गराएर अनुसन्धानको लागि म्याद थपिएको छ। अदालतले उनलाई नोभेम्बर ५ सम्मको लागि पुलिस हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।