लकडाउनपछि खुल्ने सिनेमा हलमा नरेन्द्र मोदीको पहिलो फिल्म चल्ने

रामेछाप खबर संवाददाता

काठमाडौं, २४ असोज ।

कोरोना महामारीका कारण भारतमा बन्द सिनेमा घरहरु १५ अक्टोबरबाट खुल्दैछन।

यसपटक भारतका सिनेमा घरमा लकडाउनपछि चल्ने पहिलो फिल्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म हुने हुनेछ।

गतवर्ष नै रिलिज भइसकेको यो फिल्म एकपटक पुनः रिलिज हुन लागेको हो।

Century masala
अक्टोबर १५ का दिन भारतीय चलचित्र घरमा यो फिल्म पुनः देखाइनेछ। यसका लागि निर्माताले पुनः पोस्टर समेत सार्वजनिक गरिसकेका छन।

पीएम नरेन्द्र मोदी नामक चलचित्रमा विवेक ओबेरायले मोदीको भूमिका निर्वाह गरेका छन। फिल्ममा मोदीको जीवन यात्रा वर्णन गरिएको छ।

Bidh Lab
बाल्यकालदेखि प्रधानमन्त्री बन्नेसम्मको यात्रा भएकाले विवेक ओबरायले फिल्ममा अलग अलग नौं भूमिका निभाएका छन।