सरकारले चीनसँगको सीमा सुरक्षा गर्न सकेका छैन : सरिता गिरी

रामेछाप खबर संवाददाता

काठमाडौँ, २४ असोज ।

तराई मधेश बृहत् लोकतान्त्रिक मोर्चाकी संयोजक सरिता गिरीले सरकारले उत्तरतर्फकाे सिमाना सुरक्षा गर्न नसकेको आरोप लगाउनु भएको छ ।

शनिबार प्रेस विज्ञप्ति निकाल्दै उहाँले सगरमाथामाथि पनि चीनले अधिपत्य जमाईरहेको भन्दै उहाँले सरकार यस विषयमा मौन रहेको आरोप लगाउनु भएको छ ।

हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाएको भन्दै उहाँले सरकारले उत्तरी सीमानाको सुरक्षा गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल-चीन बीचको उत्तरी सीमानाको सुरक्षा गर्न सकिरहेको छैन भने सरकारले १९५० को भारतसँगको मित्रता र शान्ति सहमतिअनुसार भारत सरकारको सहयोग लिई पनि सिमानाको सुरक्षा गर्न माग गर्दछु ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।