रोनाल्डोको घरमा चोरी

रामेछाप खबर संवाददाता

एजेन्सी

सुपर स्टार क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको मडेइरास्थित घरमा चोरी भएको छ । शुक्रबार चोरले रोनाल्डोको घरबाट आश्चर्यजनक वस्तु लिन खोजेको बताइएको छ ।

रियल म्याड्रिडका पूर्व स्टारको घरबाट हस्ताक्षर गरिएको युभेन्ट्सको जर्सी र अन्य केहि मुल्यवान बस्तु चोरी भएको उल्लेख गरिएको छ । पोर्चुगिज सञ्चारमाध्यमका अनुसार उनी घरेलु कामदारले ढोका खोले जस्तै ग्यारेजबाट घर भित्र पसेका थिए । प्रहरीले सिसी टिभिमार्फत चोरको पहिचान भइसकेको बताएको छ । उनले रोनाल्डोका बेसबल टोपी समातेको पनि फुटेजमा देखिएको थियो ।

त्यो त्यहि घर हो जहाँ रोनाल्डो र उनको परिवारले बिदा मनाउने गरेको छ । कोरोना भाइरस कारण इटालियन सिरि ए विश्राम हुँदा रोनाल्डो, उनकी प्रेमिका र ४ बच्चाले त्यहि केहि समय बिताएका थिए ।

सात तलाको उनको घरमा ओलम्पिक आकारका दुई पौडी पोखरी र फुटबल मैदान पनि रहेको बताइएको छ । त्यो घरमा रोनाल्डोका आमा र भाई बस्दै आएका छन् ।

चोरीको समयमा उनीहरु घरमा भए नभएको खुलाइएको छैन । रोनाल्डो स्पेनसँगको मैत्रीपूर्ण खेलका लागि यहि साता स्वदेश फर्केका थिए ।