एक्कासी बढ्यो सुनको भाउ, तोलाको कती ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २३ असोज ।

नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आज सुन ९ सय रुपैयाँले बढेको हो ।

साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार सुन ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार ८०० र तेजाबी सुनको आजको मूल्य ९४ हजार ३ सय कायम गरिएको छ ।

यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी १५ रुपैयाँले बढ्दै १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो साता पनि सुनको मूल्यमा घटबढ भइरहेको थियो ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कर्मचारी सञ्चय कोषको सेवा बन्द

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सेवाहरु शुक्रबारदेखि बन्द गरेको छ । कोषमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएको भन्दै कोषले उपत्यका भित्रका कार्यालयबाट दिइने सबै सेवा बन्द गरेको हो ।

कोषले कर्मचारी सञ्चय कोषले आफ्ना सेवा बन्द गरे पनि अनलाइनबाटै गर्न सकिने ‘अनलाइन विशेष सापटी सेवा’ यथावत राख्ने जनाएको छ ।

कोषले उपत्यकाभित्र ठमेल, लगनखेल कार्यालय र पुल्चोक र सिंहदरबार सेवा केन्द्रबाट सेवा दिँदै आएको छ । उपत्यका बाहिर विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, वुटवल, कोहल्पुर, धनगढी, सुर्खेतमा कोषका कार्यालय र धनकुटामा सेवा केन्द्र रहेको छ ।