चेन्‍नई हारका तीन कारण

रामेछाप खबर संवाददाता

एजेन्सी, २२ असोज।

चेन्‍नई सुपर किंग्सका लागि आईपीएलको यो सिजन निकै खराब छ । सुरेश रैना र हरभजन सिंहको अनुपस्थिति यतिबेला टोलीमा निकै नै खट्किएको देखिएको छ ।

चेन्‍नई सुपर किंग्सले सुरुवाती एक खेलपछि बीचमा एक खेल जितेको थियो । त्यसपछि बुधबार भएको कोलकाता नाइट राइडर्ससँगको खेलमा चेन्‍नई पुनः पराजति हुन पुगेको छ । चेन्‍नई सुपर किंग्सको प्रदर्शन यसपटक अन्य सबै टोलीको तुलनामा खराब साबित भएको छ।

महेन्द्रसिंह धोनीको कप्तानी पनि यसपटक टोलीलाई हारबाट जोगाउन सकिरहेको छैन । हरेक सिजन अलग्‍गै धमाकाका साथ मैदानमा उत्रिँदै छुट्टै छाप छाड्ने चेन्‍नई यसपटक खस्कँदो छ । चेन्‍नईविरुद्ध मैदान उत्रिँदा हरेक टोलीलाई आफ्नो रणनीतिबारे एकपटक फेरि सोच्‍न बाध्य पारेको हुन्थ्यो । तर, चेन्‍नई यसपटक प्रदर्शनको अर्कै जोनमा छ । कोलकाताविरुद्ध चेन्‍नई हार्नुका तीन कारण यस्ता छन् ।

राहुल त्रिपाठीको अर्धशतकीय पारी
कोलकाता नाइट राइडर्सका कप्तान दिनेश कार्तिकले ब्याटिङ क्रम बदल्दै राहुल त्रिपाठीलाई ओपनर खेल्न पठाएको थियो । उनको यो निर्णय निकै नै उत्कृष्ट साबित हुन पुग्यो ।

राहुल त्रिपाठीले चेन्‍नईका हरेक बलरको सामना गर्दै उनीहरुलाई निराश पारे । उनले ५१ बलमा ८ चौका र तीन छक्का प्रहार गर्दै ८१ रनको अर्धशतकीय पारी खेलेका थिए । सोही पारीको मद्दतले कोलकाताको सम्मानजक स्कोर बनेको थियो । त्यसैले चेन्‍नई हारको मुख्य कारण त्रिपाठीको उत्कृष्ट पारी बन्न पुग्यो ।

दीपक चाहरको महँगो स्पेल
चेन्‍नई सुपर किंग्सका बलर दीपक चाहरको स्विंग कोलकाता नाइट राइडर्सका ब्याट्सम्यान सामु चलेन । उनको चार ओभर नै चेन्‍नईका लागि निकै नै भारी साबित भयो । दीपक चाहरको चार ओचरमा ११ भन्दा बढीको औसतमा ४७ रन जोडे । अन्य बलरको ओभरमा यती रन जोड्न सकिएको थिएन । चाहरको यस स्पेलले रनको समीकरण बदलीएको थियो ।

केदार जाधवको सुस्त ब्याटिङ
केदार जाधव जब ब्याटिङ गर्न मैदान आए, त्यतिबेला चेन्‍नईलाई जितका लागि आक्रमक रुपमा ब्याटिङ गर्दै रन जोड्नु पर्ने अवस्था थियो । तर, केदार जाधव आक्रमक ब्याटिङ गर्नमा असफल रहे । उनले १२ बल खेल्दै मात्र ७ रन जोड्दै अविजित रहे ।

जाधवको यस सुस्त ब्याटिङकै कारण चेन्‍नई आफ्नो लक्ष्यभन्दा १० रन टाढा रहन पुग्यो । चेन्‍नई सुपर किंग्सका लागि जाधवले खेलेको १२ बलको पारी टोलीको हारमा परिणत भयो । अर्कोतर्फ जडेजाले ८ बलमा अविजित २१ रन जोडेका थिए ।