विराट कोहलीको कीर्तिमान

रामेछाप खबर संवाददाता

काठमाडौँ, २० असोज ।

विराट कोहलीले टी–ट्वान्टी क्रिकेटमा ९ हजार रनको आँकडा पूरा गरेका छन् । उनी टी–ट्वान्टीमा ९ हजार रन पुरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । उनले यो उपलब्धि आईपीएलमा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा हासिल गरेका हुन् । आईपीएलमा विराट कोहलीले दिल्लीविरुद्धको खेलमा ९ हजार रन पूरा गर्दै पहिलो भारतीय खेलाडी बन्दा दोस्रो एशियाई ब्याट्सम्यान बनेका छन् ।

यो रेकर्ड कोहलीभन्दा पहिले एशियाबाट पाकिस्तानका क्रिकेटर शोएब मलिकले बनाएका थिए । विश्वमा यो आँकडा पूरा गर्ने विराट कोहली सातौं खेलाडी हुन् । कोहलीभन्दा पहिले छ ब्याट्सम्यानले यो आंकडा पूरा गरेका छन् । विराट कोहलीले दिल्लीविरुद्ध मैदान उत्रिदै एक कीर्तिमान स्थापित गरेका थिए । उनले रोयल च्यालेन्जर्स बैंगलोरका लागि १९७ खेल खेले । कोहलीले विश्वमा एकै टोलीका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा गरेका छन् ।