सुनको भाउ बढ्यो, तोलाको कती ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, २० असोज ।

सोमवारको तुलनामा मंगलबार सुनको मूल्य ८ सय रुपैयाँ र चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँले बृद्धि भएको छ ।

मंगलबार छापावाल सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ त्यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै यस साता स्थीर रहेको २० रुपैयाँले बढेर चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रति तोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।