दिपाश्रीलाई मुन्द्रेको कमेडी क्लबबाट हटाइयो

रामेछाप खबर संवाददाता

काठमाडौँ, १९ असोज ।

कोरोना महामारीका कारण लकडाउन सुरु भएसँगै स्थगन गरिएको हाँस्यकलाकार जितु नेपालले संचालन गर्ने मुन्द्रेको कमेडी क्लब पुन सुचारु हुनेको छ ।

तर उक्त शोमा अध्यक्षता ग्रहण गर्दै आएकी अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलालाई क्लबबाट हटाइएको छ। कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी निरौलालाई हटाएर उनको ठाउँमा नायिका करिश्मा मानन्धरलाई ल्याइएको स्रोतले जनाएको छ ।

केही समय अगाडी मात्रै दिपाश्रीले राजेश हमाललाई महानायक स्विकार्न नसकिने अभिब्यक्ति दिएपछि उनी चर्को विबादमा तानिएकी थिइन् ।

कैयौँ दर्शकहरुले दीपाश्रीको फिल्म नै बहिष्कार गर्नेसम्म चेतावनी दिएपछि केही झस्किएकी उनका कारण मुन्द्रेको शोमा पनि प्रभाव पर्ने भन्दै उनलाई मुन्द्रेको कमेडी क्लबबाट हटाइएको हुन सक्ने अनुमान गरिएको छ।

मुन्द्रेको कमेडी क्लबबाट हटाइएपछि दिपाश्रीले सामाजिक संजाल मार्फत दोस्रो सिजनमा कार्यक्रममा धेरै परिवर्तन भएको भन्दै यस्तो प्रतिक्रिया दिएकी छिन् ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।