सुनको भाउ घट्यो, तोलाको कती ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, १९ असोज ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ४०० रूपैयाँले घटाएको छ।

महासंघले आजको भाउ निर्धारण गर्दै छापावाल सुनको मूल्य ४०० रूपैयाँले घटाएको हो।

महासंघका अनुसार आज सुनको भाउ तोलामा ९४ हजार १०० रूपैयाँ छ।

हिजो सुनको मूल्य २०० ले बढ्दै ९४ हजार ५०० रूपैयाँ पुगेको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ६०० कायम भएको छ भने चाँदीको भाउ तोलामा एक हजार १८० रूपैयाँ कायम छ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।