ओलीका अर्का प्रियपात्र मन्त्रिपरिषदमा ‘इन्ट्री’ हुँदै

रामेछाप खबर संवाददाता

काठमाडौँ , १३ असोज ।

सत्तारुढ नेकपा स्थायी समितिको २६ भदौमा सम्पन्न बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको थियो।

त्यसलगत्तै नेकपामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे धेरै चरणमा कुराकानी भइरहेको छ ।तर, ठोस सहमति जुटिसकेको छैन । मन्त्रिपरिषद् पुनर्गठन गर्दा तय गरिने मापदण्ड, पूर्वसमूहका आधारमा भागबन्डाको संख्या र मन्त्रालय छिनोफानो भएपछि मात्रै पात्रका नाममा समझदारी खोजिने भएको छ ।

त्यसपछि मन्त्रिपरिषद् बैठक राखेर निर्णय लिने तयारी ओली र प्रचण्डबीच छ। मन्त्रिपरिषद् पुनर्गठनको चर्चा सुरु भएसँगै मन्त्री बन्न नेताहरूको दौडधूप सुरु भएको छ ।

कम्तीमा पनि १० जना मन्त्री फेरिने निश्चित छ । त्यसैले १० जनाभित्र पर्न अहिलेसम्म मन्त्री नभएका र भएकाको दौडधूप सुरु भएको छ । ओली र प्रचण्डबीच यसअघि मन्त्री नभएका र राम्रो काम गर्न सक्ने नेतालाई मन्त्री बनाउने आन्तरिक सहमति भएको छ ।प्रधानमन्त्री ओलीका दुई विश्वासपात्र मन्त्री गोकुल बास्कोटा र डा.युवराज खतिवडा मन्त्रीबाट बहिर्गमन भएसँगै उनले एकजना विश्वासपात्रलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

स्रोतका अनुसार भक्तपुर २ का सांसद महेश बस्नेत मन्त्री बन्ने दौडमा अगाडि छन् । उनी यसअघि उद्योगमन्त्री बनिसकेका छन् । बस्नेत ओलीका प्रियपात्र पनि हुन् ।ओलीकै निर्देशनमा तत्कालीन माओवादीसँग भिड्न युथ फोर्स गठन गरेर बस्नेतलाई अध्यक्ष बनाइएको थियो । बस्नेत र ओली भक्तपुरमा एउटै निर्वाचन क्षेत्रका पनि हुन् ।

तत्कालीन संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याउन महेश बस्नेतले प्रमुख भूमिका खेलेका थिए ।ओलीले जे भन्यो त्यही मान्ने भएकाले पनि मन्त्रिपरिषद्मा बास्कोटा र खतिवडाको अभाव पूर्ति गर्न सक्ने पात्रका रूपमा बस्नेतलाई हेरिएको छ ।

कोरोना भाइरसवि’रुद्धको २ करोड ५० लाख खोप नेपाल आउने
काठमाडौं । रुसले उत्पादन गरेको कोरोना भाइरसवि’रुद्धको खोप नेपालमा आउने भएको छ । नेपालमा २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता भएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच सम्झौता भएको हो।

नेपाल ल्याइने साढे २ करोड डोज भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्यालाई समेट्ने छ। यो भ्याक्सिन ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित रहेको बताइएको छ।रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको यो भ्याक्सिनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमाथि सफल परीक्षण गरिएको भनेर प्रचार गरिँदै आएको

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग सहकार्य गरी कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरिएको ट्रिनिटीका निर्देशक किशोर अधिकारीले बताउनुभयो । स्पुटनिक–५ को अन्तिम परीक्षणको नतिजा र नेपाल सरकारको इजाजतको पर्खाइमा रहेको उहााले बताउनुभयो ।रुसी फन्डले यो सम्झौतासम्बन्धी समाचार आफ्नो वेबसाइटमा पनि प्रकाशित गरेको छ।यो भ्याक्सिनको क्लिनिकल ट्रायलमा ४० हजार स्वयंसेवी सहभागी रहेको बताइएको छ । यसको नतिजा ढिलोमा आगामी नोभेम्बरसम्ममा आइसक्ने अनुमान छ ।