केही बेरमा मन्त्रिपरिषद् बैठक बस्ने, लकडाउनबारे हुँदैछ यस्तो निर्णय

रामेछाप खबर संवाददाता

काठमाडौँ , ८ असोज ।

नेपालमा कोरोना संक्रमण लगातार बढ्दैछ । यो बीचमा बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । साँझ ५ बजे बस्ने भएको बैठकमा मन्त्रालयगत एजेण्डामा छलफल हुने सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद‍्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ । आज स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोरोना भाइरस(कोभिड–१९) सँग सम्बन्धित नयाँ केही निर्णयहरु हुन सक्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्न गरेको सिफारिसका बारेमा निर्णय हुनसक्ने बताइएको छ । यस बारेमा ज्ञवालीले देशभर अब लकडाउन नहुने बताउँदै संक्रमितको अवस्था हेरिकन आवश्यकता अनुसार निर्णयहरु हुने जानकारी दिनुभयो ।