काठमाडौँ , ६ असोज ।
जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईले डा गोविन्द केसीमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरोध गरेका छन् ।
उनले निरंकुश पञ्चायती शासन जस्तो व्यवहार भएको भन्दै सत्याग्रही माथि सम्मान गर्न आग्रह गरेका छन् ।
‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो ? डा केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक ,’ जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले ट्विटरमा लेखेका छन्, ‘स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं’
जुम्लामा अनसरत डा केसी मंगलबार काठमाडौं आइपुगे लगत्तै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याएको थियो । केसी त्रिवि शिक्षण अस्पताल जान चाहेको भएपनि प्रहरीले ट्रमा सेन्टर लगेका थिए ।