दमक , ६ असोज ।
दुई महिना अघि विवाह गरेकी श्रीमतीले २५ लाख रुपैया लिएर वेपत्ता भएपछि श्रीमान र उनक परिवार बेहुलीको खोजीमा लागेका छन् ।
झापा दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरी आएकी एक युवती विवाह भएको दुई महिनामै २५ लाख बराबरको सम्पत्ति लिएर बेपत्ता भएकी हुन् ।
गत असार १५ गते विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर बेपत्ता भएको बेहुलाको परिवारको आरोप छ ।
घरमा कोही नभएको समयमा असोज ३ गते विपत्ता भएको परिवारका सदस्यको आरोप छ । घरमा सासु निदाएको बेलामा युवतीले धनमाल लिएर बेपत्ता भएकी हुन् ।
उनी दमक–६ मा रहेको पसल आउँछु भनी फोनमा ताराले श्रीमानलाई जानकारी गराएकी थिइन् । युवतीले १२ तोला सुन, १२ लाख रकम र अन्य सामान लिएर वेपत्ता भएको परिवारले जनाएको छ । उनले घरमा एउटा पत्र समेत छोडेर गएको श्रीमान् न्यौपानेले बताएका छन् ।
पसल आउँछु भनी फोनमा भनेकी श्रीमती बेलुकासम्म पसल नआएपछि उनीहरुले खोजी सुरु गरेका थिए । त्यतीबेला उनीहरुले पत्र फेला पारेका हुन् ।
श्रीमान न्यौपानेले सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गरेर पसल आउँछु भन्दै अन्तिम म्यासेज गरेको उनको भनाई छ ।
श्रीमती ताराले छोडेको चिठ्ठीमा लेखेकी थिइन्–मैले आफ्नो सुर गरे । म पत्रकार पृतम भट्टराईसँग गइसकेकी छु,३ वर्षदेखि अफयेर चलिरहेको थियो ।
मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ,त्यसैले मलाई नखोज्नुहोला ।
भगाउने केटा पृतम भट्टराई कान्तिपुर पब्लिकेशनमा काम गर्ने बताइएको छ । पृतमले पनि आफु र तारालाई खोजी नगर्नु भन्दै धम्कीपूर्ण म्यासेज पठाएको बताइएको छ ।