डल्ले खुर्सानी : ग्यास्ट्रिक तथा अल्सर निको पार्न अचुक औषधि

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

खुर्सानीको प्रयोग हरेक भान्सामा अनिवार्य जस्तै हुन्छ ।

खानाको परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गरिने गरिएको छ ।

कतिपयलाई खुर्सानी मन पर्छ भने कतिपयलाई खोर्सानी मन पर्दैन वा पिरो खान सक्दैनन् । तर भान्समा खोर्सानी भने अधिकांशकोमा हुन्छ ।

हरियो खुर्सानी र सुकेको खुर्सानी तथा खुर्सानीको धुलोको प्रयोग तरकारी वा रेसिपी अनुसार फरक फरक आवश्यक हुन्छ ।
खोर्सानी विभिन्न खालका तथा आकार, प्रकारका हुने गरेका छन् ।

जिरे खुर्सानी, अकबरे खुर्सानी लगायतका हुन्छन् ।

त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु¥याउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका विभिन्न फाइदाहरु रहेका छन् ।

यस्तो खोर्सनीले मोटोपन घटाउछ । रगतमा चिनीको मात्रा घटाउछ । पिसाबको विरामीलाई लाभदायक छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।अकबरे खुर्सानीको प्रयोगले थकान मेटाउन सहयोग गर्छ ।