आईपीएलमा १०० खेल जित्ने धोनी पहिलो कप्तान

रामेछाप खबर संवाददाता

काठमाडौँ, २ असोज ।

इण्डियन प्रिमियर लिग (आईपीएल) मा महेन्द्र सिंह धोनी सबैभन्दा सफल कप्तान भएका हुन् । उनी विश्व क्रिकेटको बेस्ट फिनिशर मानिन्छन् ।

उनको आँकडाले यो कुरालाई स्पष्ट पार्दछ । उनको सबैभन्दा ठूलो रेकर्ड यो पनि हो कि, उनले आईपीएलमा २० ओभरमा सबैभन्दा धेरै ५६४ रन बनाएका छन् ।

उनले आईपीएलका १९० म्याचमा ४२.४० को औसतबाट ४ हजार ४३२ रन बनाएका छन् । साथै धोनी आईपीएलमा १०० वटा खेल जित्ने पहिलो कप्तान समेत हुन् ।

ए डिभिजनको लिग फुटबल : यस वर्ष नहुने संकेत

नेपालकै सबै भन्दा ठुलो ए डिभिजन लिग फुटबलले यस वर्ष नहुने संकेत दिएको छ ।

कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेलकुद गतिविधि ठप्प बन्दा यस वर्षको शीर्ष डिभिजनको लिग फुटबल नहुने भएको हो । कोरोना महामारीका कारण गत वर्षको लिग सिजन समेत पुरा हुन सकेको छैन् ।

अघिल्लो वर्षकै सिजन पुरा नभएको अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको शीर्ष डिभिजनको लिग नगर्ने निष्कर्श निकालेको हो ।

असोज महिना शुरु भैसक्दा समेत गत वर्षको बाँकी सिजन र नयाँ सिजन शुरु गर्ने विषयमा अन्यौलता कायमै छ । सोही कारण एन्फाले यस वर्षको शीर्ष डिभिजनको लिग फुटबल गर्न नसकिने निष्कर्श निकालेको छ ।