ब’ब्लु गु’प्ता कु’टपिट प्र’करणः प्र’हरीमा’थि मेट्रोले था’ल्यो छानबिन

रामेछाप खबर संवाददाता

काठमाडौँ, २ असोज ।

प्रहरीले हन्ड्रेड ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि भएको निर्घात कु’टपि’टको घटनामा छानबिन थालेको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका गुप्तामाथि प्रहरीले निर्घात कु’टपि’ट गरेको घटनामा महानगरीय प्र’हरी कार्यालय, रानीपोखरीले छानविन सुरू गरेको हो । केन्द्रीय प्रवक्ता एवं एसएसपी कुवेर कडायतले घ’टनाको विषयमा छानबिन गर्न मेट्रोलाई निर्देशन दिएको जानकारी दिए ।

गुप्तामाथि प्रहरीले ला’ठी र बुटले निर्घात कुट’पिट गरेको थियो । प्रर्दशन गर्न गएको आफू नेतृत्वको समूहमाथि प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको गुप्ताको भनाई छ ।

पत्रकार महासं‌घको विरोध

नेपाल पत्रकार महासंघले पनि प्रेस विज्ञप्ति निकालेर प्रहरीले समाचार संकलनका क्रममा दुर्व्यवहार गर्दै पक्राउ गर्ने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले प्रहरीको यो कार्यलाई स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरेको छ ।

महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसमाथि भएको ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । र, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा निर्वाध रुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’