असोज २, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ५ लाख कित्ता संस्थापक शेयर असोज २ गतेदेखि विक्री खुला गरेको छ ।
कम्पनीले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।
कात्तिक ६ गतेसम्म विक्रीमा रहने यो शेयर खरीदका लागि न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकतमको लागि कुनै सीमा तोकिएको छैन ।
यो शेयरको न्युनतम मूल्य रू. ११० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
आवेदन विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलमा प्राप्त गर्न र बुझाउन सकिनेछ । प्राप्त आवेदन कात्तिक २० गते अपरान्ह ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने जानकारी कम्पनीले सूचना मार्फत बताएको छ ।