काठमाडौं , १ असोज ।
बुधबार राति सवा ११ बजे। काठमाडौंको मण्डिखाटारमा एउटा रातो रङ कार गु’ड्दै थियो। चालकले स्टेरिङ, एक्सिलेटर, ब्रेक र क्लजको सन्तुलन गु’माउँदा उक्त कार केहीबेरमा सडक छेउतिर मोडियो र बिजुलीको पोलमा ठो’क्कियो। कारको गति यति तीव्र थियो कि सिमेन्टको बिजुलीको पोल नै भाँ’चियो। संयोगले कार चालकलाई भने ठूलो चो’ट लागेन।
रातिको समय भएकाले स्थानीयको आउजाउ थिएन। केहीबेरमा आइपुगेको प्रहरीले प्रदेश नम्बर ३-०१-०२२ च ६७५३ नम्बरका कार चालक ४२ वर्षीय नवीन पोखरेललाई घ’टनास्थलबाटउद्धार गर्यो। उनलाई ठूलो चो’ट नलागे पनि मेडिकल परीक्षण गर्यो। परीक्षण गर्दा थाहा भयो पोखरेलले र’क्सी खाएर कार चलाएका रहेछन्। ‘चालकले मापसे गरी चलाउँदा कार पोलमा ठो’क्किन गएको हो। पोल र गाडीमा क्ष’ति भएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले सेतोपाटीसँग भने।
रातिको समय भएकाले कार बिहीबार बिहानसम्म दु’र्घट’नास्थलमै थियो। बिहान बाटोमा कारले बिजुलीको पोल ढा’लेको देखेर सर्वसाधारणले तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेका थिए।केहीबेरअघि प्रहरीले कार र बिजुलीको पोल ह’टाएको यादवले जानकारी दिए। दु’र्घटनामा मानवीय क्ष’ति नभएकाले प्रहरीले चालक पोखरेललाई नियन्त्रणमा लिएको छैन। कार भने अहिले प्रहरीले नियन्त्रणमा राखेको छ।