असोज ५ गतेदेखि लामो दूरीका यातायात सहित आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

रामेछाप खबर संवाददाता

काठमाडौँ, २९ भदौ ।

असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘यसबारेमा थप प्रष्ट्याउने काम हुन्छ होला। अहिलेलाई खुलाउने भन्ने भएको छ।’

तर, सीमा नाकाहरू भने तत्काल नखुलाउने निर्णय भएको ती मन्त्रीले बताए।

गत चैत १० गतेदेखि लामो दुरीको यातायात बन्द छन्। त्यस्तै, चैत ११ गतेदेखि आन्तरिक हवाई उडान बन्द छ। अन्तर्राष्ट्रिय उडान भने यसअघि नै सर्तसहित खुलिसकेको छ।