काठमाडौ , २७ भदौ ।
२४ घण्टामा १२ हजार १ जना कोरोना संक्रमित थपिएका छन । १० हजार १ सय ७६ जनाको पीसीआर परिक्षण गर्दा १२०१ जनामा कोरोना पुष्टि भएको हो । आज ७८५ जना पुरुष र ४१६ जना महिला संक्रमित भएका छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण मुक्त भएर बुधबार ८५२ जना घर पर्किएका छन । अहिलेसम्म ३७ हजार ५ सय २४ संक्रमित निको भइसकेका छन । संक्रमित निकोहुने दर ७०.६ प्रतिशत छ ।
१५ हजार २ सय ६० सक्रिय संक्रमित मध्ये ६ हाजार १ सय ५३ होम आईसोलेशनमा ९ हजार १ सय ७ संक्रमित संस्थागत आइशोलेशनमा छन । क्वारेन्टाइनमा ६ हजार ३ सय ४५ संक्रमित छन ।
नेपालमा पीसीआर विधिबाट ८ लाख ३१ हजार ३६२ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले आफनो वेभसाइडमा उल्लेख गरेको छ ।
सुनसरी, काठमाडौं, ललितपुर, चितवन, सर्लाही र रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी छ । सोलु, मनाङ, मुस्ताङ,म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना मुक्त बनेका छन ।
आईसीयुमा १६० र भेन्टिलेटमा २४ जना संक्रमित उपचाररत छन ।
गत २४ घण्टामा १४ जना संक्रमितले ज्यान गुमाएका छन । जसमध्ये ३ महिला र १४ पुरुष छन । नेपालमा कोरोना संक्रमणबा ३३६ जनाले ज्यान गुमाइसकेका छन । नेपालमा मृत्युदर ०.६३ प्रतिशत छ ।