काठमाडौ , २६ भदौ ।
पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू माथि अन्याय हुने गरेको बताएका छन्।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा प्रचण्डले आफूले देश र जनताको लागि गरेका संघर्ष भुलेर परिवारवादको आरोप लगाउनेहरुले अन्याय गरेको बताएका हुन्।
रेणु दाहाल, प्रकाश दाहाल, बिना मगर सबै आफ्नो-आफ्नो संघर्ष रहेको उल्लेख गर्दै आफू माथि परिवारवादको आरोप लगाउनुले आफूलाई अन्याय महसुस हुने गरेको उनले सुनाए। आफू माथि लाग्ने गरेको परिवारवादको आरोपलाई उनले तल्लोस्तरमा गिरेर गरिने टिप्पणी भने।
जनताको अपार समर्थन पाएको नेकपाले सत्ताको नेतृत्वमा आएपछि नेकपाका नेताहरु पद, प्रतिष्ठा, परिवार र विभिन्न खाले विचौलियाहरुसँग जोडिन पुगेको भनिनछ नि ? भन्ने प्रश्नको जवाफ दिँदै प्रचण्डले भने ‘यो निकै महत्वपूर्ण प्रश्न हो, पार्टीमा यस्ता खाले केही समस्या देखिएका छन् तर मलाई भने मेरो परिवारको संघर्षका बेलाको त्याग र समर्पण र त्यही कारण परिवारका सदस्यहरु गुमाएकोमा कसैले सद्भाव नराखेपनि परिवारवादको आरोप लगाउँदा मन दुख्ने गरेको छ ।
यु-द्धकालमा छोरा प्रकाश दाहालले रुकुम रोल्पालगायतका ल-डाइँमा बन्दु-क भिरेर हिंडेको र छोरी रेणु दाहालले भारतका विभिन्न ठाउँमा महिला संगठन विस्तार गरेको उनको भनाइ छ । जनयु-द्धकै असरका कारण एक छोरी गुमाउनु परेको, छोराको मृ-त्यु भएको र परिवारमा अहिले पनि तनाव जारी रहेको भन्दै प्रचण्डले यस्ता आरोपले आफूलाई अचम्मित बनाउने गरेकाे बताए ।
अहिले खानेपानी मन्त्री रहेकी बिना मगरको अफो छुट्टै राजनीतिक संघर्ष रहेको उनको भनाई छ। आफ्नो परिवारसंग जोडिनु भन्दा अगाडी देखि नै माग राजिनितीमा सक्रिय रहेको र पार्टीमा उनको छुट्टै स्थान भएकै कारण अहिलेको ठाउँमा पुगेको उनले बताए।