काठमाडौ , २४ भदौ ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा क्रमश: खुकुलो पार्दै भोलिदेखि सार्वजनिक/निजी यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको छ। भदौ ४ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय काठमाडौं प्रशासनले गरेको हो। बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो।
यो सातापछि भने को’रोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने एक प्रमुख जिल्ला अधिकारीले बताए। स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बता इन्। १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-विजोर प्रणाली लागू हुने निर्णय गरिएको छ।
निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू हुने छ । ‘यातायातमा जोर विजोर र स्वास्थ्य सुरक्षाका सबै मा’पदण्ड पालना गरेर धेरै क्षेत्र खुल्न दिने निर्णय भएको छ,’ उनले भनिन् । बढी भेला-जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने प्रशासनको निर्णय छ ।