असोज बाट सार्वजनिक यातायात चलाउने यातायात व्यवसायीको घोषणा

रामेछाप खबर संवाददाता

काठमाडौ , २४ भदौ ।

आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्।

बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका हुन्।

काठमाडौं उपत्यकामा ४६४ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ४६४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३९४ जना संक्रमित थपिएका छन् । ललितपुरका ३४ र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै काठमाडौं उपत्यकामा कोरोना सङ्र्कमित को सङ्ख्या ९ हजार भन्दा बढी पुगेको छ ।