काठमाडौ , २ ४ भदौ ।
नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।
मन्त्रालयका अनुसार एकजना महिला र ५ जना पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौंकी ८० वर्षीया एक महिला छिन् । यसैगरी सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठमाडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुष रहेका छन् ।
९०२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेकाे हाे । सकृय सङ्क्रमित १४ हजार ८६८ रहेका छन् ।
प्रवक्ता डा. गौतमले निको हुन दर ६८.५ प्रतिशत पुगेको र हालसम्म ३२ हजार ९६४ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केकाे बताए । पछिल्लो चौबीस घण्टामा दुइ हजार २८७ जना निकाे भएका छन् ।
आइसाेलेसनमा १४ हजार ८६८ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ३१० जना सङ्क्रमित रहेका छन् ।
मंगलबार देशभरकाे काेराेना अपडेटकाे पूर्ण विवरण