गएको २४ घण्टामा नेपालभर थपिए ९०२ नयाँ कोरोना संक्रमित

रामेछाप खबर संवाददाता

काठमाडौ , २३ भदौ ।

नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण ९ सय २ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ९ सय २ जना नयाँ बिरामी थपिएपछि कुल सं‌क्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । पछिल्लो केहि दिनयताको तथ्यांकअनुसार यो स्थिर सङ्ख्या हो ।

त्यस्तै नेपालमा हालसमम सक्रिय संक्रमितको सङ्ख्या १४ हजार ८ सय ६८ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै गएको २४ घण्टमा २ हजार २ सय ८७ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ३२ हजार ९ सय ६४ जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो गएको २४ घण्टमा सबैभन्दा धेरै २ हजार २ सय ८७ जना संक्रमित निको भएका हुन । हिजोमात्रै करिब १७ सय संक्रमित निको भएका थिए ।

त्यस्तै नेपालमा हालसम्म ३ सय ६ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ६ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो केही समय देखि नेपालमा संक्रमितको निधादर उच्च रहेको तथ्यांकल देखाउने गरेको छ ।

साथै याे समाचार तयार पार्दासम्म विश्व स्वास्थ संगठनकाको तथ्यांक अनुसार विश्व महामारीको रुप लिएकाे काेराेनाकाे प्रकोपको कारण विश्वभरि मर्नेकाे सङख्या ८ लाख ९७ हजार ९२ रहेकाे छ भने संक्रमितको सङ्ख्या २ करोड ७५ लाख ४ हजार ६९३ रहेकाे छ । १ करोड ९५ लाख ९७ हजारबढीले स्वास्थ्य लाभ गरेको तथ्यांक रहेको छ ।

विश्वमा सबैभन्दा बढि प्रभावित संयुक्त राज्य अमेरिका रहेको छ भने दोस्रोमा को’रोना प्रकाेप प्रभावित ब्राजिल रहेको छ । तेस्रोमा भारत रहेको विश्व स्वास्थ संगठनको तथ्यांकले देखाउने गरेको छ । भाइरसको सुरुवाती चपेटा भोगेको चीन भने नियन्त्रण उन्मुख देखिएको तथ्यांकले देखाएको छ ।