१० दिनसम्म होम आइसोलेसनमा बसेका ७६ वर्षीय वृद्धको मृत्यु

रामेछाप खबर संवाददाता

मोरङ , २२ भदौ ।

बिराटनगरमा ७६ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । ११ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए ।कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत बिराटनगर महानगरपालिका– १० का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो ।

शनिबार राति मात्रै उनलाई कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि गम्भिर अवस्थामा अस्पताल ल्याइएका वृद्धलाई भेण्टिलेटरमा राखिएको थियो ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा सोमबार बिहान साढे ३ बजे उनको मृत्यु भएको हो ।