काठमाडौ , २१ भदौ ।
काठमाडौ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा ३५४ जनामा कोरोना पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। नियमित प्रेस व्रिफिगंमा डा गौतमले यस्तो जानकारी दिएका हुन्
संक्रमित मध्य काठमाडौंका २९०, भक्तपुरका ३२ र ललितपुरका ३२ जना छन् । यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर ९८० जनामा कोरोना पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४६ हजार २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। आइतबार संक्रमितमा २९० महिला र ६९०पुरुष छन्।
१ हजार ७२७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार ९ हजार २०१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ८२६ छन्। क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ३८२ नमूनाको पीसीआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ छ। यो ६३ प्रतिशत हो। नेपालमा कोरोनाबाट २८९ जनाको मृ त्यु भएको छ। आइतबार मात्रै ९ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। उपत्यकामा मात्रै ३ जनाको निधन भएको छ।