काठमाडौ , १८ भदौ ।
निशेधाज्ञाबीच युवाहरुले ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ तान्न प्रहरीले पानीको फोहोरा हानेको छ । पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा हानेको हो ।
अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर पारेका छन्। सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ। आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच यति बेला तनावपूर्ण छ।
लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो। आक्रोशित भीडले यो प्रहरी कारबाहीलाई स्थानीय जात्रापर्वमाथिको दमनका रूपमा लिएको छ।
नेकपाको सचिवालय बैठक दिउँसो ३ बजे बस्ने
आज ११ बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक दिउँसो ३ बजे बस्ने भएको छ । बुुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बिहीबारका लागि बैठक निश्चित भएको थियो ।
बिहीबार बस्ने सचिवालय बैठकको कार्यसूची बारेमा छलफल गर्न बुधबार अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।
पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनउपर सचिवालयको बैठकमा छलफल हुनेछ ।