ट्रम्पमाथि करछलीको आरोप, आगामी हप्ता थप खुलासा गर्ने

रामेछाप खबर संवाददाता

काठमाडौँ’ १२ असोज ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयकर नतिरी कर छली गरेको आरोप लागेको छ । द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको खबरमा राष्ट्रपति ट्रम्पले पछिल्ला १५ वर्षमा १० वर्ष आय कर नै नतिरेको देखिएको जनाइएको छ ।

ट्रम्पको कम्पनीले व्यावसायमा घाटा भएको रिपोर्ट बनाएर कर छली गरेको देखिएको दाबी खबरमा गरिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएको वर्ष अर्बपति ट्रम्पले संघीय आय कर ७५० डलर मात्रै तिरेको देखिएको खबरमा उल्लेख छ ।

ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएको वर्ष संघीय आय कर ७५० डलर मात्रै तिरेको देखिएको खबरमा उल्लेख छ ।

ट्रम्पका सयौँ कम्पनीका दुई दशकको रिपोर्ट आफूलाई प्राप्त भएको न्यूयोर्क टाइम्सले दाबी गरेको छ । यसबारे खुलासा आगामी हप्ता प्रकाशित गर्दै जाने जानकारी न्यूयोर्क टाइम्सले दिएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।