आज २०७७ असोज ८ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

रामेछाप खबर संवाददाता

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

निर्धारित कार्य सरलताका साथ पूरा गर्न सकिनेछ। धार्मिक तथा मांगलिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ। धार्मिक यात्राको योग बन्ने देखिन्छ। क्रोधमा संयम राख्नुहोला। कार्यक्षेत्रमा साम्य अनुकूल नरहला। उच्च पदाधिकारीसँग वाद-विवादको स्थिति सिर्जना हुनसक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कार्य सफलतामा थोरै विलम्व हुनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम रहेको छैन। खान-पानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या आउनसक्छ। कार्यक्षेत्रमा कार्यभार बढ्नेछ। शारीरिक थकान तथा मानसिक तनाब बढ्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शारीरिक तथा मानसिक स्फूर्ति रहनेछ। साथी-भाईसँग रमणीय यात्रामा अजाने मौका मिल्नेछ। नयाँ कपडा, गहना तथा वाहन खरिद गर्ने योग रहेको छ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना छ। पदोन्नतीको योग रहेको छ। सहकर्मीको साथ सहयोग भरपूर मिल्नेछ। शत्रु पराजित हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको लागि यस दिन शुभ रहने देखिन्छ। स्वास्थ्य राम्रो रहनेछ। साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लाभ प्राप्त हुनेसम्भावना छ। प्रिय व्यक्तिसँगको भेट सुखद रहनेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहेको छ। सन्तानको प्रगतिको खबर मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। आमासँग अनबन हुनसक्छ, साथै आमाको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। आफन्तसँग मनमुटावको स्थिति आउनसक्छ। सामाजिक क्षेत्रमा मान-सम्मानमा आँच आउनसक्छ। यस दिन पानीसँग सावधान रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्य सुरु गर्नको लागि दिन अनुकूल छ। धन तथा भाग्यवृद्धिको योग रहेको छ। धार्मिक यात्राको योग बन्ने देखिन्छ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। शारीरिक तथा मानसिक रूपले स्वस्थ रहनुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

घरमा सुख-शान्तिमय वातावरण कायम रहनेछ। मिष्ठान्न भोजन मिल्नेछ। धार्मिक कार्यमा खर्च हुनेछ। तपाईंको मधुर बोलीले अरु मनिस प्रभावित हुनेछन्। धन लाभको योग रहेको छ। विद्यार्थी वर्गको लागि समय शुभ रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

स्वास्थ्य मा सुधार आउनेछ। विद्यार्थी वर्गले शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्नेछन्। आर्थिक लाभ मिल्ने सम्भावना छ। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। समाजमा मन-प्रतिष्ठा बढ्नेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। धार्मिक कार्यमा खर्च बढ्नेछ। शत्रुसँग थोरै सावधान रहनु पर्ने देखिन्छ। आँखा सम्बन्धि समस्याले सताउन सक्छ। दुर्घटनाको योग रहेको हुँदा यात्रा गर्दा विशेष ध्यान दिनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मांगलिक कार्य तथा नयाँ कार्य सुरु गर्नको लागि समय अत्यन्त शुभ रहनेछ। गृहस्थजीवन सुखमय रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। परिवारका अग्रजको भरपूर सहयोग मिल्नेछ। आयका स्रोत बढ्नेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा पदोन्नती प्राप्त हुने सम्भावना छ। बुबाबाट विशेष लाभ मिल्ने देखिन्छ। आर्थिक लाभ मिल्नेछ। सरकारी क्षेत्रबाट पनि विशेष लाभ मिल्ला। स्वास्थ्य राम्रो रहनेछ। सामाजिक रूपमा मान-सम्मान बढ्नेछ।