मुम्बईलाई ५ विकेटले हराउँदै चेन्नाईको विजयी सुरुवात

रामेछाप खबर संवाददाता

काठमाडौँ,४ असोज ।

आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ ।

अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो ।

मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्‍विन्टन डिककले ३३ रन बनाए । चेन्‍नईका लुंगी एंगिडीले ३ विकेट लिए भने दीपक चहर र रविन्द्र जडेजाले २-२ विकेट लिए ।

जवाफमा १६३ रनको लक्ष्य पछ्याएको चेन्‍नईको सुरुवात राम्रो नभएपनि मध्यक्रमका खेलाडी अम्बाती रायडु र फाफ डुप्लेसीले राम्रो साझेदारी गरेपछि चेन्‍नईको जीतको आधार तय भएको थियो । चेन्‍नईले ४ बलको खेल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । रायडुले ७१ रन बनाए भने डुप्लेसी ५८ रनमा अविजित रहे । मुम्बईका बोल्ट, प्याटिन्सन, बुमराह, राहुल चहर र क्रुनाल पन्ड्याले १-१ विकेट हात पारे ।

मुम्बईले २०१२ देखि आइपिएलको पहिलो खेलमा जीत हात पार्न सकेको छैन । जीतसँगै चेन्‍नई २ अंक जोड्न सफल भएको छ ।