‘मलाई विश्वास छ तपाईंहरु राम्रो अभिभावक बन्‍नुहुनेछ’: प्रधानमन्त्री नरेन्द्र मोदी

रामेछाप खबर संवाददाता

एजेन्सी ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ७०औं जन्मदिनको अवसरमा बिहीबार बलिउड सेलिब्रेटीदेखि क्रिकेटरलगायत विभिन्‍न क्षेत्रका व्यक्तिहरुले उनलाई समाजिक सञ्जालमार्फत बधाई दिए ।

पीएम मोदीलाई जन्मदिनको शुभकामना दिनेमा क्रिकेटर विराट कोहली पनि थिए । यसैबीच विराटको शुभकामनाको जवाफ स्वरुप मोदीले शुभकामना नै फर्काएका छन् ।

सन् २०२१ मा आमाबुबा बन्‍न लागेका अनुष्का दम्पतीलाई मोदीले ट्‌विट गर्दै लेखेका छन्, “धन्यवाद विराट कोहली, म अनुष्का शर्मा र तपाईलाई बधाई दिन चाहन्छु । मलाई विश्वास छ कि तपाईंहरु राम्रो आमाबुबा बन्‍नुहुनेछ ।”

यसअघि विराटले मोदीलाई जन्मदिनको शुभकामना दिँदै लेखेका थिए, “देशका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको धेरै शुभकामना ।” अभिनेत्री अनुष्का शर्माले केही दिनअघि बेबी बम्पसहितको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी हुन् ।

यसअघि पनि बेबी बम्प देखाउँदै विराट र अनुष्का सँगै भएको फोटो सेयर गर्दै २०२१ मा आमाबुबा बन्‍न लागेको खबर सार्वजनिक गरेका थिए । -नवभारत टाइम्स

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।