तहल्का मच्चाइरहेको कंगनाको एउटा झुट

रामेछाप खबर संवाददाता

काठमाडौँ, २ असोज ।

बलिउडमा अहिले निकै चर्चामा छिन् कंगना रनौट । यी अभिनेत्रीले बलिउडमा मात्र होइन, पछिल्लो समय भारतीय राजनीतिमा पनि ठूलो तहल्का मच्चाउन थालेकी छिन् ।

उनको अभिव्यक्ति र निस्फिक्री बोल्ने बानीको अहिले भारतमा निकै चर्चामा छ ।

तर, एक न्युज च्यानललाई उनले जे अभिव्यक्ति दिएकी छिन्, यो झुटो भएको भारतीय मिडियाले पत्ता लगाएका छन् । कंगनाले आफूले बाध्यताका कारण गएको निर्वाचनमा शिवसेनालाई भोट हालेको बताएकी थिइन् । उनले आफू भाजपा समर्थक भए पनि बाध्यताका कारण शिवसेनाको बटन दबाएर शिवसेनालाई भोट दिएको बताएकी हुन् ।

तर, भास्करडटकमले गरेको खोजअनुसार कंगनाले निर्वाचनमा भोट हालेको ठाउँमा शिवसेनाको कोही पनि उम्मेदवार नभएको खुलेको हो । त्यहाँ सन् २००९ देखि सन् २०१९ सम्म भाजपा र शिवसेना मिलेर चुनावमा होमिएको तथ्य बाहिर आएको हो ।