सिटी एक्सप्रेसले ल्यायो “सिटी एक्स्प्रेस गलबन्दी टिकटक च्यालेन्ज”, कसरी सहभागी हुने ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, १ असोज ।

सिटी एक्सप्रेसमनी ट्रान्स्फरले देश विदेशमा रहेका टिक–टक प्रयोगकर्ताहरूका लागी “सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्ज” को आयोजना गरेको छ ।
लोकप्रिय गायक प्रकाश सपुतको चर्चित गीत “गल्बन्दी” को मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै “सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्ज”को आयोजना गरेको हो ।
यो प्रतियोगितामा सहभागी हुने मध्ये प्रथम, द्वितिय र तृतिय उत्कृष्ट भिडियोले क्रमश: १५ हजार रूपैयाँ, १० हजार रूपैयाँ र ५ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५ सय रूपैयाँ बराबरको मोबाईल टप अप प्रदान गरिनेछ ।

कसरी सहभागी हुने ?

टिक–टक प्रयोगकर्ताहरूले टिकटकमा गइ सिटी एक्सप्रेस(cityexpressmoneytranfer)को अफिसियल टिकटक अकाउन्ट सर्च गर्ने र त्यहाँ रहेको गलबन्दी गीतको भिडियोमा गई आफ्नो भिडियो बनाउन सक्नेछन् ।
सो भिडियो असोज १४ गते सम्म पोस्ट गरी सक्नुपर्नेछ । जसकाे नतिजा असोज २० गते प्रकाशन हुनेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।