घट्यो डिजेल र मट्टितेलको मूल्य

रामेछाप खबर संवाददाता

काठमाडौं, १ असाेज ।

सरकारले डिजेल र मटितेलको मूल्य घटाएको छ । लिटरमा एक रुपैयाँ मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ। घटेकाे मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ।
पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

आजदेखि मध्यम र लामो दूरीको बस सञ्चालन

आजदेखि सरकारले ६ महिनाअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै खाले सार्वजनिक यातायात (लामो, मध्यम तथा छोटो दूरी) आजदेखि खुला गर्ने निर्णय गरेसँगै सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् ।५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ।

गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।